back
CTIZAN AD

प्रचण्डका कारण पार्टीमा समस्या खडा भयो : ईश्वर पोखरेल

वि.सं.२०७७ कात्तिक १७ सोमवार

840 

shares

काठमाडौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्रको समस्याको मुख्य कारक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताएका छन् । सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले प्रचण्डले गुटको भेला गर्दै सहमती विपरित काम गर्न थालेपछि समस्या आएको बताए ।

‘बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न, छलफल हुन्छ। त्यहाँ कुराहरु हुन्छ। अनि काउन्टर रणनीति के बन्छ भन्दा समीकरणको हिसाबले उहाँले खुमलटारमा गएर वा भैँसेपाटीमा गएर छुट्टै सरसल्लाह गरेर योजना बनाउनुहुन्छ,’ उनले भने, ‘त्यो योजना यता ल्याउनुहुन्छ। अनि समस्या त खडा हुने भयो। गर्नु के पर्थ्यो भने दुई अध्यक्षबीचमा छलफल हुने सहमति हुने र यदि सहमति हुन सकेन भने आ–आफ्नो विश्वासिला साथीहरु दुवै अध्यक्षले राखेर कुरा के भएको हो भनेर खराखरी कुरा गरे भइहाल्छ। अनि त्यस आधारबाट गाइडेड हुने र त्यो महाधिवेसनसम्म पुर्‍याउने कुरा गरे त हुन्थ्यो। त्यो नगर्ने बित्तिकै बिग्रेको हो।’

पोखरेलले विवाद समाधान गर्न पार्टी एकता गर्दा तय गरिएका आधारमा फर्किनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि छिर्के लगाउने कामले समस्या नसुल्झने पोखरेलको भनाई छ ।

उनले भने, ‘फेरि एकता गर्दा तय गरिएका आधारमा फर्कन पर्‍यो। त्यो आधारमा टेक्नुपर्‍यो। त्यहाँ टेकेर अगाडि बढ्नु पर्‍यो। यदि सकारात्मक निष्कर्षमा पुर्‍याउने, दुर्घटना हुनबाट बचाउने हो भने योभन्दा अर्को कुनै विकल्प हुँदैन। यदि प्रधानमन्त्रीलाई छिर्के लगाउने अनेक ढंगले समस्या खडा गर्ने हो भने समस्या झनझन बल्झिन्छ, दुखद परिणाम हुन्छ ।’

उनले प्रधानमन्त्रीलाई अधिकार नदिए सरकार चल्न नसक्ने दाबी गरे । ‘प्रधानमन्त्रीले गर्न खोजेको विषयमा पार्टीको निर्णयविपरीत कुनै पनि काम गर्न नदिने भयो। यो त नयाँ समिकरण बनाउने खेल सुरू भयो। पूर्वएमाले भित्रको गुटको हिसाबले पूर्वमाओवादी भित्रको विभिन्न धारसँग सम्बन्धित भएर हिसाब गर्दा राम्रो ठाउँमा पुर्‍याउँदैनु, पोखरेलले भने।

वि.सं.२०७७ कात्तिक १७ सोमवार १९:१७ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...