back
CTIZAN AD

होटल व्यवसाय छाडेर तीतेपाती खेतीमा व्यस्त

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

684 

shares

१८ कात्तिक, सङ्खुवासभा । सङ्खुवासभा खाँदबारी नगरपालिका –१ का मिनेष श्रेष्ठ होटल व्यवसाय छाडेर तीतेपाती खेतीतर्फ आकर्षित भएकाछन् । ‘तीतेपाती रोपौ एक लाख कमाऔँ’ भन्ने अभियानका साथ खाँदबारी बजारमा होटल व्यवसाय सञ्चालन गर्दै आएका उनले दुई वर्षअघिदेखि २० रोपनी बाँझो जग्गा भाडामा लिएर तीतेपाती खेती शुरु गर्न थालेको जानकारी दिए । काठमाडौँस्थित यमासो प्रा.लिमा व्यावसायिक खेतीको तालिम लिएका मिनेषले ‘मिनेष तीतेपाती तथा जडीबुटी उद्योग’ नामक फर्मदर्ता गरी रू १८ हजारकोे बिरुवा लगाएका थिए ।

अहिले थप २० रोपनी जग्गामा आर्टिमिसीया र भल्गरिस जातका तीतेपाती लगाइएको र भाडामा लिएको जग्गाका लागि वार्षिक रू २५ हजार तिर्दै आएको उनले जानकारी दिए । बारीबाटै प्रतिगोटा रू एकका दरले तीतेपाती को बिरुवा बिक्री हुने र प्रतिकेजी रू ५० का दरले सुकेको तीतेपाती यमासो कम्पनीमै पठाउने गरेको बताएका निमेषले उक्त कम्पनीले वर्षको १० टन तीतेपाती माग गरिरहे पनि मागअनुसारको आपूर्ति गर्न नसकेको जानकारी दिए ।

अहिले छिमेकी जिल्ला भोजपुर तथा धनकुटाबाट समेत बिरुवा किन्न आउन थालेका छन्। तीतेपातीबाट नसर्ने खालका विभिन्न रोगको उपचार तथा दैनिक उपभोगमा समेत यसको महत्व बढ्दै आएको छ । उक्त व्यवसाय सञ्चालनका लागि कृषि ज्ञान केन्द्रबाट उनले रू ३० हजार र डिभिजन वन कार्यालयबाट रू तीन लाख आर्थिक सहयोग प्राप्त गरेको जानकारी दिए । (रासस)

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १२:४१ मा प्रकाशित

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

‘भिलेज एग्रो फार्म’ले बदलेको इङनामको परिचय

रामकुमार लिम्बू, फिक्कल (इलाम) । इलामको चुलाचुली गाउँपालिका–३ का किसान...

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

कोरियाबाट फर्केर नर्सरी व्यवसायमा फिलिप, टिकटकबाटै बेच्छनन् विरुवा

भद्रपुर (झापा) । वैदेशिक रोजगारीका लागि लामो समय विदेशमा पसिना...