काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आईपुगेका छन् । उनी भारतीय वायु सेनाको विमानमार्फत केहि बेरअघि काठमाडौं आइपुगेका हुन् ।
नेपाली सेनाको निमन्त्रणमा नरवाणे तीन दिने भ्रमणका लागि उनी काठमाडौं आएका हुन् ।
नरवाणेको आज कुनै औपचारिक भेटघाटको कार्यक्रम छैन् । उनी आज पशुपती दर्शनको लागि भने जाने कार्यक्रम तय भएको छ ।
भिडियाेमा समाचार
वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:०२ मा प्रकाशित






























