back
CTIZAN AD

भारतीय प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान नदिन अध्यक्ष भट्टराईको आग्रह

वि.सं.२०७७ कात्तिक १९ बुधवार

825 

shares

१९ कात्तिक, काठमाडौं । पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले नेपाल भ्रमणमा आइपुगेका भारतीय प्रधान सेनापति मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथीको सम्मान नदिन सरकार समक्ष आग्रह गरेका छन् ।

बुधबार नेपाल भ्रमणमा आइपुगेका नरवाणेले नेपालप्रति दिएको केही विवादास्पद अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि प्रश्न खडा गरेको भन्दै समाजका अध्यक्ष  भट्टराईले एक वक्तव्यमार्फत् सो आग्रह गरेका हुन् ।

भट्टराईद्धारा बुधबारै जारी विज्ञप्तिमा भनिएको छ
नेपाली भूमी लिम्पियाधुरा, कालोपानी, लिपुलेकलाई एकतर्फी आफ्नो देशका नक्सा भित्र पारी सडक निर्माण गर्ने भारतीय सरकारको हस्तक्षेपकारी र अनुदारवादी नेपाल नीतिबाट मैत्रीपूर्ण र असल छिमेकीपनको नेपाल–भारत सम्बन्ध चिसिएको र विग्रिएको अवस्थामा छ । आपैmद्धारा सृजित यो समस्यालाई भारत सरकारले राजनीतिक र कुटनीतिक तहबाट सुल्झाउन पर्नेमा समस्यालाई झन बल्झाउन भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त कुमार गोयालाई नेपाल पठाएको र प्रधानमन्त्री ओलीले कुटनीतिक सिद्धान्त, मूल्य र मान्यताको विपरित भेट दिएको घटनाबाट नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुगेको छ । यस्तो अमर्यादित कार्यको पुष्पलाल अध्ययन समाज घोर निन्दा र भत्सर्ना गर्दछ ।

त्यस्तै गरी नेपालको भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक भारत सरकारले एकतर्फी रुपमा मिचेकोमा नेपाली जनताबाट भएको विरोधलाई गाली गलौजको शैलीमा भारतीय प्रधानसेनापति मनोज मुकुन्द नरवाणेले अरु उचालेको भनी दिएको गैर जिम्मेवारपूर्ण अभिव्यक्तिले नेपाली जनता आक्रोशित र मर्मान्त भएका छन् । भारतीय सेनाको जिम्मेवार पदमा रहेकाले दिएको गैरजिम्मेवार अभिव्यक्ति प्रति उनीले अहिले सम्म क्षमायाचना सम्म गरेका छैनन् । यस्ता विवादास्पद व्यक्तिलाई नेपाल सरकारले नेपाली सेनाको सम्मानित मानार्थ महारथी पदबाट सुशोभित गर्न लागेकोमा पनि पुष्पलाल अध्ययन समाज आपत्ति जनाउँदै भत्सर्ना गर्दछ र मानार्थ महारथी पद दिने निन्दनीय कार्य स्थगित गर्न नेपाल सरकारलाई अपिल गर्दछ ।

नेपाली सेनाको प्रधान सेनापतिको मानार्थ महारथी पद भारतीय प्रधान सेनापतिलाई दिने र नेपाली सेनाका प्रधान सेनापतिले भारतीय सेनाको प्रधानसेनापतिको मानार्थ पद लिने परम्परा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता र नेपाली जनताको राष्ट्रिय स्वाभिमानको प्रतिकूल हुँदा यस्तो परम्परा सधैको लागि खारेज गर्न नेपाल सरकारलाई पुष्पलाल अध्ययन समाज अपिल गर्दछ । साथै नेपाल र नेपाली जनताको स्वतन्ता र स्वाभिमानमा आँच पुग्ने गरी भारतीय मोदी सरकार र नेपाली ओली सरकारले गरेको गैरजिम्मेवारपूर्ण कार्यको भत्सर्ना र विरोध गर्न पुष्पलाल अध्ययन समाज आम नेपाली जनतालाई अपिल गर्दछ ।’

(लोक कृष्ण भट्टराई)
अध्यक्ष
पुष्पलाल अध्ययन समाज

वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:११ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

४० लाख मूल्य बराबरको अवैध समानसहित दुई पक्राउ

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा ठूलो...