back
CTIZAN AD

गुरुङ बट्टाई पालनमा आकर्षित

वि.सं.२०७७ कात्तिक १९ बुधवार

1K 

shares

१९ कात्तिक, लमजुङ । बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थालेका छन् । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा शुरु गरेका यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन।

पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ । गुरुङले भने, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई विस्तार गर्दै लानेछु । अहिले चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भैसकेको छ । दैनिक एक हजार अण्डा उत्पादन भइरहेको र अण्डासँगै माउ पनि बिक्री हुन थालेको छ ।”

अहिले बट्टाईको अण्डा प्रतिगोटाको रू१०देखि रू १५सम्म पर्छ । त्यस्तै एक जोडी माउको रू ५०० पर्छ । बट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो । सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ । यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनि उक्त चराको अण्डा तथा मासु पर्न थालेको छ ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:३१ मा प्रकाशित

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...