back
CTIZAN AD

डिभी परेर अमेरिका आउनेहरुले जान्नै पर्ने कुरा

वि.सं.२०७७ कात्तिक १९ बुधवार

903 

shares

केहि महिनाभित्रै सँयौ संख्यामा डिभि मार्फत नेपाली दाजुभाइ दिदी बहिनीहरु अमेरिका आउदै हुनुहुन्छ । नयाँ हुनुहुनेछ । अमेरिकामा आइसकेपछि तपाइले नेपालका आफ्ना कतिपय बानी ब्यहोरा, तौरतरिका, आचरण, ब्यबहार र चल्ने पद्दतिमा परिबर्तन ल्याउन जरुरी छ । ढिलो चाडो सिक्नै पर्ने हुन्छ ।

अमेरिकि संस्कार, चालचलन, बोली ब्यबहार, भाषा, भाषा भित्र पनि पचासै राज्यमा अंग्रेजी बोले पनि जिब्रोको टोन, लय र स्ल्याङ्ग बुझ्नु जरुरी हुनेछ । नेपालमा हुने बोलिबचन, ठाडोपन, मिचाहा तरिका, डिस्सरेस्पेक्ट अमेरिकामा चल्दैन ।

साथमा यहाँको सामन्यतया बोलिबचनका भाषा एबम पोलाइटनेस सस्कार र सभ्यता सिक्नु पर्ने हुन्छ । यहाँको सामान्य कानुन, दैनिकी उठबस, यहाँको नीतिगत कुराहरुको सामान्य रुपमा हेक्का राख्न सक्नु भएन भने तपाइ पछि मात्र पर्नु भएन तपाइ समस्यामा पर्न सक्नु हुनेछ । यसबाट तपाई बाटोमा हिड्दा, ग्रोसरी गर्ने पसल, सपिङ्ग सेन्ट्रर, लन्ड्रि लुगा धुने ठाउँमा, काम गर्ने ठाउमा, सरकारी कार्यालयमा, रेष्टूरेन्टमा खान जाँदा, गाडीमा चढ्दा, ट्रेनमा चढ्दा, पब्लिक स्थानमा या जहासुकै जानुहोस्, फोनमा बोल्दा, टेक्समै कुराकानी गर्दा न्युनतम् भाषा र सभ्यता सिक्न जरुरी छ तपाइले अमेरिकामा । कतिपयका आफन्त, भाइसाथी भए उनीहरुले सिकाइ देलान् वा उल्टो सिकाइ देलान्, आधाआधि मात्रै सिकाइदेलान् तर जसको छैन उनीहरुले कहा कता गएर सिक्नु त ?

बाटामा, फोनमा, कार्यालयमा, बसमा, ट्रेनमा, पार्कमा, सरकारी कार्यालयमा अमेरिकन भेट्दा हाइ भन्न नभुल्नुहोस् । आँखाले हेरिसकेपछि जतिसुकै पीडा वा स्ट्रेसमा भएपनि मसुक्क हास्न नबिर्सनुहोला । त्यसपछि कोहि सँग कुरा गर्न खोज्दै हुनुहुन्छ भने हाइ हाउ आर यु ? हाउ आर यु डोइङ्ग भन्न नबिर्सनु होला । मानिस बानि पर्दै गएपछि ह्वाट्स अप भन्न थाल्दछन् तर सकेसम्म यस्ता रुड भाषा वा ठाडो भाषामा बानी नलगाउनुहोस्् आफुलाइ ।

अमेरिकन वा अन्य मानिसले ‘हाउ आर य’ु भनेर तपाइलाइ सोधे ‘आइ एम गुड, आइ एम फाइन’ भन्न नभुल्नु होला र प्रतिउत्तरमा हाउ एबाउट यु ? वा एन्ड यु ? भनेर फर्काउनु होला । भाषा नबुझेमा नआत्तिनुस, बरु दोहोर्याएर, स्लो बोलेर, बिस्तारै बोलेर, बरु लेखेरै भनेपनि बुझाउने प्रयत्न गर्नुहोला । यसरी पनि बुझेनन र तपाइलाइ काम वा सरकारि कार्यालयमा भाषागत अप्ठेरो परे अन्य नेपालीको सरसहयोग लिने वा उनिहरुलाइ मलाइ इन्ट्ररपेटर अर्थात दोभाषेको जरुरी भयो भन्नु भयो भने उनीहरुले तपाइका लागि नेपाली दोभाषेको व्य्बस्था गरिदिन्छन् ।

सकेसम्म ह्वाट भनेर नसोध्नुहोला । नबुझेमा एक्स्युज मि, अर्थात आइ एम सरि ? पार्डोन मि ? क्यान यु प्लिज टेल मि वान मोर टाइम ? भनेर सोध्नुहोस् ।
प्लिज हरदम लगाउनुहोस् बोल्दा अमेरिकामा । प्लिज क्यान यु हेल्प मि आउट ? क्यान यु प्लिज सो मि वे हाउ टु गेट दियर ? क्यान यु प्लिज टिच मि ? क्यान यु प्लिज सो मि ? यसरि प्लिज लगाउनुहोस् । तपाइलाइ बाटो देखाइदियो, तपाइलाइ सहयोग गरिदियो भने एप्रिसियसन गर्न कदापि नभुल्नु होला । मात्र भन्नुहोला थ्याङ्क्यु, थ्यान्क्स फर योर हेल्प । आइ उल्ड लाइक टु से थ्याङ्क यु । एप्रिसियटेड भन्न नभुल्नु होला ।

तपाइ बस चढ्दै हुनुहुन्छ, तपाइ कतै सरकारी वा अन्य कार्यालय जादै हुनुहुन्छ भने कथमकदाचित तपाइ अघि हुनुहुन्छ र तपाइको पछाडी अर्को कोहि आउदै छ भने ढोका समातेर जान दिनुहोस् तिनलाइ । उनिहरुले तपाइलाइ थ्याङ्क्यु भन्नेछन र त्यसको प्रतिउत्तरमा तपाइले यु आर वेलकम्ड भन्न कदापि नभुल्नुहोला ।
तपाइ कहि कतै पब्लिक स्थानमा बिल तिर्न जादै हुनुहुन्छ, सपिङ्ग सेन्ट्ररमा वा ग्रोसरि पसलमा जादै हुनुहुन्छ भने लाइन नमिच्नुहोला कुनै पनि हालतमा । नेपालमा बलियाबाङ्गा भए, ठुला नेता, पावरफुल हाकिम, धनि वा ठुला मानिसहरु लाइनमा बस्दैनन, मिचाहा हुन्छन र मुख छाड्छन् यो बानि ब्यहोरा बोकेर अमेरिका नआउनुहोला । आफ्नो पालो आएपछि मात्रै अगाडी आउने हो । कुनै ठाउमा चेक आउट गर्दा वा चेक इन गर्दा आफ्नो लाइनमा बस्ने गर्नु पर्दछ । आफ्नो काम सकिएपछि थ्यान्क्यु भन्नुहोला ।

महिला र बालबच्चाहरुलाइ बिशेष सम्मान गर्नुपर्ने हुन्छ अमेरिकामा । कसैलाइ टोलाएर, एकोहोरो हेर्न पाउनु हुनेछैन अमेरिकामा । नत्र तपाइ कानुनी समस्यामा पर्नु हुनेछ यदि उनिहरुले उजुरी वा कम्प्लेन गरिदियो भने ।

बोल्न मज्जाले पाइन्छ अमेरिकामा तर छुन भने पाइदैन । छोयो, धकल्यो वा सुम्सुम्यायो वा मुक्का हान्यो भने गयो सर्बस्व अर्थात कानुनि कठाघरामा जाकियो भनेर जान्नु ।

अमेरिकामा अर्को महत्वपुर्ण कुरा भनेको अनेस्ट अर्थात इमानदार बन्न सिक्नुहोस् । ढाट्ने, छल्ने, फट्याइ गर्ने, अरुबाट अनुचित एडभान्टेज अनुचित लाभ लिने काम पटक्कै नगर्नुहोस् । कसैको चिज नसोधिकन, प्रमिसन बिना झिक्ने वा आँखा छल्ने काम गर्दै नगर्नुहोस्। यो अपराध हो र तपाइ ठुलै समस्यामा पर्न सक्नुहुनेछ ।
अमेरिकामा अरुबाट पाइन्छ, अरुले सहयोग गर्लान् भनि पटक्कै अपेक्षा नगर्नुहोला । आफ्नो काम आफै गर्ने, आफ्नो बिल आफै तिर्ने, आफ्नो टेककेयर आफै गर्ने नो एक्सपेटेसन फ्रम एनिवान ।

अमेरिकामा आँखामा आँखा जुधाएर कन्फिडेन्स भै कुरा गर्ने बानि बसाल्नुहोस् । हेजिटेसन, आत्मग्लानि, डर त्रास तपाइको प्रगति र समुन्नतिको बाधक हुनेछ अमेरिकामा । त्यसैले सिक्ने जान्ने र त्यहि अनुसार आफ्नो आचरण बदल्न सक्नुभयो भने तपाइ अमेरिकामा गरि खान सक्नु हुनेछ र यो तपाइलाइ अबसरको मुलुकमा टिकि खाने खुराकहरु हुन भन्दा भयो ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:३८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...