काठमाडौं । अमेरिकामा राष्ट्रपति पदको लागि मंगलबार भएको निर्वाचनको मतगणना चलिरहेको छ । यस पटक रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र उनका डेमोक्रेटिक प्रतिद्धन्दी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
हालसम्मको मतपरिणाममा डेमोक्रेंटिक उम्मेदवार बाइडेन अगाडि छन् । पछिल्लो मतपरिणाममा बाइडेनको पक्षमा २२० इलेक्टोरल कलेज भोट आएको छ भने र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा २१३ इलोक्टोरल भोट प्राप्त भएको छ ।
यो ४० वटा राज्यको मतपरिणाम हो । यद्यपि महत्वपूर्णं १० राज्यको भने मतपरिणाम आउन बाँकी नै छ ।
जीत हुनेमा पूर्णं विश्वस्त छु : ट्रम्प
राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमलाई सम्बोधन गर्दै आफुँहरु उत्सवको तयारीमा जुटिसकेको बताए ।
‘हामी जसरी कामना गरेका थियौं, जीत त्यसरी नै भईरहेको छ, हामीले टेक्सस, नार्थ कैरोलिना र जर्जियामा जीत दर्ता गरिसकेका छौं, हामीलाई जित्ने कुरामा पुरै भरोसा छ’, ट्रम्पले भने । एजेन्सीबाट
सम्बन्धित समाचार
वि.सं.२०७७ कात्तिक १९ बुधवार १३:४१ मा प्रकाशित





























