back
CTIZAN AD

दाङमा यस वर्ष मकै उत्पादनमा वृद्धि

वि.सं.२०७७ कात्तिक १९ बुधवार

1K 

shares

१९ कात्तिक, दाङ । दाङ जिल्लामा यस वर्ष मकैको उत्पादन बढेको छ । मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताए । “यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था नभएकाले मकै उत्पादनमा बृद्धि भएको हो ।”

यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ । गतवर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताए ।

मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन् । गढवा गाउँपालिका¬ ७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यसवर्ष मकैबाली राम्रो भएको बताए । चौधरीले एक बिघा जमिनमा मकै खेती गरेका थिए ।

गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि वर्षे मकैको उत्पादन वृद्धि भएको उनको भनाइ थियो । सोही ठाउँका रामबहादुर चौधरीको पनि यसवर्ष मकै उत्पादन बढेको छ । उहाँको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो । रासस

वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:१३ मा प्रकाशित

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...