back
CTIZAN AD

ट्रम्पलाई फ्लोरिडामा महत्वपूर्ण सफलता, मतगणना रोक्न सर्वोच्च अदालत जान सक्छुः ट्रम्प

वि.सं.२०७७ कात्तिक १९ बुधवार

645 

shares

१९ कात्तिक, वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार सम्पन्न चुनावको प्रारम्भिक नतिजा प्राप्त हुन थालेको छ । चुनावी परिणामहरुको रुझानले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विजय हासिल गर्ने देखाएको छ ।

तर राष्ट्रपतिका दुबै उम्मेदवार जो बाइडेन र डोनाल्ड ट्रम्पले चुनावी नतिजा आफ्नो पक्षमा रहने दाबी गरेका छन ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले निकै महत्वपूर्ण मानिने फ्लोरिडा राज्यमा विजय हासिल गरेका छन ।

करोडौं मत गणना गर्न बाँकी रहेकै अवस्थामा राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट बोल्दै निर्वाचनमा आफूले जित्ने निश्चित भइसकेको तर धाँधली हुने सम्भावना अझै रहेको दाबी गरेका छन । उनले चुनावी परिणामलाई लिएर आफू सर्वोच्च अदालत जानेल सक्ने पनि बताए।

उनले भने, “साँच्चिकै भन्नुपर्दा चुनाव हामीले जितिसक्यौं । चुनावमा धाँधली भएको पाइएको छ, र यो हाम्रो मुलुकका लागि निकै दुःखद पक्ष हो ।” उनले आफूले चुनावी नतिजाको विषयलाई लिएर सर्वोच्च अदालतमा चुनौती दिने पनि बताए ।

उनले चुनावमा सहयोग गर्ने परिवारका सदस्य तथा मतदानमा भाग लिने जनता सबैलाई धन्यवाद दिएका छन ।

राष्ट्रपति ट्रम्पले चुनावमा आफू विजयी भइसकेको भनी गरिएको दाबीलाई रिपब्लीकन पार्टीकै कतिपय वरिष्ट सदस्यहरुले अपरिपक्व भनाई भन्दै ट्वीट गरेका छन ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १६:०२ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...