back
CTIZAN AD

कालिगण्डकी करिडोरमा गएको सुख्खा पहिरोमा परेर एकै वडाका ५ मजदुरको मृत्यु, २ घाईते

वि.सं.२०७७ कात्तिक २० बिहीवार

1K 

shares

२० कात्तिक, कावासोती । कालिगण्डकी करिडोरको नवलपुर खण्डमा सुख्खा पहिरो जाँदा काम गरिरहेका पाँज जना मजदुरको परिएर मृत्यु भएको छ ।

नवलपुरको वुलिङटार गाउँपालिका ३ को खसुवामा कालि गण्डकी करिडोरको बाटोमा जाली भर्ने क्रममा अचानक माथिबाट खसेको सुख्खा पहिरोले पुरिएर पाँच मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृत्यु भएका पाँचैजना र घाईते दुईजना बुलिङटार गाउँपालिका ४ का हुन् ।

पुरिएर घाईते भएका बुलिङटार ४ का १९ वर्षीय केवल सिंह र २१ वर्षीय कृष्ण सिंहको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले संसारन्युजलाई दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजे खसेको सुख्खा पहिरोमा पुरिएर मृत्यु हुनेमा बुलिङटार ४ का २० वर्षीय गोपाल गरञ्जा, ४३ वर्षीय सुन बहादुर पुलामी, २० वर्षीय तारा बहादुर लुङ्गेली र २० चेत बहादुर अस्लामी तथा २९ वर्षीय तुल बहादुर सारुको घटनास्थलमै मृत्यु भएको हो । file photo

वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:२० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...