back
CTIZAN AD

अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

वि.सं.२०७७ कात्तिक २० बिहीवार

945 

shares

काठमाडौं । अमेरिकामा राष्ट्रपति चुनावको मतपरिणाम निर्णायक अवस्थामा पुगेको छ । पछिल्लो मतपरिणामअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक देखिएका छन् । उनी हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा ३९ भोटले अगाडि छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ४४ राज्यको मतपरिणाम सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले २५३ भोट ल्याएका छन् । जहाँ रिपब्लिकन उम्मेदवार ट्रम्पले २१४ भोट मात्रै पाएका छन् । अब ६ राज्यको मतपरिणाम आउन बाँकी छ ।

बाइडनको नाम सबैभन्दा बढि भोट पाउने ऐतिहासिक उम्मेवार

अमेरिकी राष्ट्रपति चुनावको मत गन्ने काम जारी छ । यसबीच डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले एक नयाँ रेकर्ड बनाएका छन् । बाइडनले अमेरिकाको इतिहासमा नै भएका चुनावमा सबैभन्दा बढि भोट पाउने रिकर्ड बनाएका छन् ।

अमेरिकी चुनावी इतिहासमा कुनै पनि राष्ट्रपति पदका उम्मेदवारले बाइडनले पाए जति मत पाएका थिएनन् । हालसम्मको मतपरिणाममा बाइडनले ७ करोड भोट पाएका छन् । जहाँ ट्रम्पको भोट ६.८ करोड छ ।

जितको नजिक छन् बाइडन

चुनावी नतिजाअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जितको नजिक देखिएका छन् । न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको परिणामअनुसार जो बाइडनले हालसम्म २५३ इलेक्टोरल भोट पाएका छन् । उनलाई जित्नको लागि (२७०) अब १७ भोटको मात्रै खाँचो छ ।

रिपब्लिकन पार्टीका उम्मेदवार तथा हालका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हालसम्म २१४ इलेक्टोरल भोट प्राप्त भएको छ । जसको हिसाबमा उनलाई जित्न ५६ भोट प्राप्त गर्नुपर्छ ।

यी हुन् मतगणना जारी रहेका राज्य

चुनावको मतपरिणाम चाखलाग्दो ढंगले अगाडि आईरहेको छ । केहि राज्यमा भोटको गिन्ती हाल पनि जारी छ ।

हाल अलास्का, एरिजोना, जोर्जिया, नेवाद, उत्तर कैरोलिना र पेनसिल्वेनियामा मतगणना जारी छ । जसमध्ये अलास्का, जोर्जिया, उत्तर कैरोलिना र पेनसिल्वेनियामा ट्रम्प अगाडि छन् । एरिजोना र नेवादमा बाइडन अगाडि छन् ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १४:१९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...