२० कात्तिक, काठमाडौं । राष्ट्रिय अपागं कोषले प्रतिभाशााली अपागंता भएका व्यत्तिहरुलाई सम्मान गर्ने भएको छ ।
कोषले देशैभरीका अपांगता भएका तथा प्रतिभाशाली व्यक्तिहरुलाई सम्मान गर्ने जानकारी दिँदै विहिबार एक सूचना जारी गरी मंसिर ३ गते भित्रमा फोटो, व्यक्तिगत विवरण र सम्बन्धित कागजातको विवरण सहित निवेदन पेश गर्न अनुरोध गरेको छ । कोषले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि निम्न पुरुस्कारद्धारा सम्मान गर्ने जनाएको छ ।
जसमा अपांगता भएका विद्यार्थी प्रतिभा पुरस्कारमा सर्वाधिक अंक ल्याउने शारीरिक बहिरा र दुष्टिबिहिन छात्रा र छात्र ३ जना, अपांगता भएका शिक्षक सम्मान पुरस्कार र समाजसेवा, साहित्य, शिक्षा, संगीत, कला, खेलकुद र पत्रकारिता क्षेत्रहरुमा उल्लेखनीय प्रतिभा देखाउन सक्षम व्यत्तिहरुलाई पुरुस्कार प्रदान गरीने पनि सूचनामा जनाइएको छ ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:४२ मा प्रकाशित






























