२० कात्तिक, सोलुखुम्बु । श्रीमतीको हत्या गरेको अभियोगमा सोलुखुम्बुका होम बहादुर राई पक्राउ परेका छन् ।
सोताङ गाउँपालिका–३ बानेल्द बस्ने २९ वर्षीय राईले आफ्नाी श्रीमती २८ वर्षीया सोमा लामाको खुकुरी प्रहार गरी हत्या गरेका थिए । श्रीमती सोमा गत बैशाखदेखि छिमेकी २६ वर्षीय नन्दराज राईसँगै बस्दै आएको रिसमा उनले हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा बस्ने कुमार राईको घरमा दुवैजनाको भेटपछि विवाद हुँदा होम बहादुरले सोमालाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको बताएको छ ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:२६ मा प्रकाशित





























