back
CTIZAN AD

अमेरिकी चुनाव : मतगणना चलिरहेका राज्यमा कसको मत अगाडि ?

वि.सं.२०७७ कात्तिक २० बिहीवार

738 

shares

काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय निर्वाचनको मतपरिणाम आउन थालेको छ । पछिल्लो मतपरिणामअनुसार डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक देखिएका छन् । उनी हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा ३९ भोटले अगाडि छन् ।

न्यूयोर्क टाइम्सका अनुसार ४४ राज्यको मतपरिणाम सार्वजनिक हुँदा डेमोक्रेटिक उम्मेदवार जो बाइडनले २५३ भोट ल्याएका छन् । जहाँ रिपब्लिकन उम्मेदवार ट्रम्पले २१४ भोट मात्रै पाएका छन् । अब ६ राज्यको मतपरिणाम आउन बाँकी छ ।

यी हुन् मतगणना जारी रहेका ६ राज्य

चुनावको मतपरिणाम चाखलाग्दो ढंगले अगाडि आईरहेको छ । केहि राज्यमा भोटको गिन्ती हाल पनि जारी छ ।

हाल अलास्का, एरिजोना, जोर्जिया, नेवाद, उत्तर कैरोलिना र पेनसिल्वेनियामा मतगणना जारी छ ।

कुनमा कसको अग्रता ?

मतगणना जारी रहेका ६ राज्यमध्ये अलास्का बाहेक सबैको मतगणना अन्तिम चरणमा पुगेको छ । न्यूयोर्क टाईम्सका अनुसार जोर्जिया र उत्तर कैरोलिनाको मतगणना करिब अन्तिम चरणमा छ । दुवै राज्यमा ट्रम्पले अग्रता लिईरहेका छन् ।

अन्तिम चरणमा पुग्दै गरेका पेनसिल्वेनियामा पनि ट्रम्प अगाडि छ । सँगसँगै मतगणना अन्तिम पुग्दै गरेका दुई राज्यहरु नेवाद र एरिजोनामध्ये बिडेन अगाडि छन् । ढिलो मतगणना सुरु भएको अलास्कामा पनि ट्रम्प अगाडि छन् ।

सम्बन्धित समाचार

ट्रम्प या बाइडन : को बन्ला अमेरिकाको आगामी राष्ट्रपति ?

अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:२१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...