back
CTIZAN AD

मजदुरका लागि संचयकोष खोलेर फेदीखोलाले थप्यो उदाहरणीय कार्य, सम्भवतः देशमै पहिलो

वि.सं.२०७७ कात्तिक २० बिहीवार

1.1K 

shares

२० कात्तिक, काठमाडौं । स्याङजाको फेदीखोला गाउँपालिकाले मजदुर संचयकोष स्थापना गरेको छ । आफ्नो पालिकामा कार्यरत मजदुरहरुको लागि संचयकोष स्थापना गर्दै पालिकाले मजदूर संचयकोषमा सूचिकृत हुन पनि सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार मजदूर सूचीमा सुचिकृत भएका प्रत्येक मजदुरको बैक खातामा चौमासिक रुपमा गाउँपालिकाले १५ प्रतिशत रकम थप गर्नेछ । साथै प्रत्येक सूचिकृत मजदुरको परिवारलाई अनिवार्य स्वास्थ्य विमामा समावेश गर्ने छ । जसको नियम अनुसार तिनुपर्ने रकमको ५० प्रतिशत रकम गाउँपालिकाले मजदूरको नाममा निःशुल्क बेर्होने तथा मजदुर संचित रकम र स्वास्थ्य बिमामा ५० प्रतिशत निःशुल्क गाउँपालिकाको दायित्व हुने बताइएको छ ।

अध्यक्ष सुवेदीका अनुसार व्यक्तिगत तथा प्राइभेट कामका लागि नभएर हाललाइ सरकारका आयोजनाहरु जस्तै निर्माण कार्य लगायतका काममा खटिने मजदुरहरुका लागि मात्र यो मजदुर संचयकोष ल्याइएको हो । साथै यो कोष पालिकामा बसोबास गरिरहेका मजदुरहरुको हकमा मात्र लागु हुने बताइएको छ ।

उक्त मजदुर कोषमा प्रत्येक चार महिनामा उनीहरुको खातामा जम्मा गरेको रकम बराबर गाउँपालिकाले थप गरेर राखिदिने पनि अध्यक्ष सुवेदीले संसारन्युजलाई जानकारी दिएका छन् ।

त्यस्तै मजदुर कोषमा सूचिकृत भएका मजदुरका परिवारको स्वास्थ्य विमा पनि पनि गाउँपालिकाले नै गरिदिनेछ । त्यसमा ५० प्रतिशत रकम गाउँपालिका र ५० प्रतिशत मजदुर आफैले जम्मा गर्नुपर्ने छ ।

‘२ वर्षको पूर्ण तयारीपछि यो अभियानको थालनि गरेका हौं । अहिले यसका लागि प्रत्येक वडामा ५÷५ जना स्वयम्सेवकको टिम खटाएका छौं । अध्यक्ष सुवेदीले संसारन्युजसँग भने, ‘यस कार्यक्रमका बारेमा जानकारी दिँदै खाता खोल्ने तरिका सिकाउने लगायतका कामहरु भै रहेको छ । मजदुर साथीहरुले यसबारेमा बुझ्नु हुनेछ र सूचिकृत हुनुहुनेछ यो उहाँहरु र उहाँहरुको परिवारको हितको लागि थालिएको अभियान हो ।’

अध्यक्ष सुवेदीका अनुसार सो पालिकामा अहिले झण्डै १ हजार मजदुर रहेका छन् । उनीहरु यस मजदुर कोषमा सूचिकृत भएमा गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधाहरुमा पनि विशेष प्राथमिकता दिइने बताइएको छ ।

स्मरण रहोस, फेदिखोला गाउपालिकाले व्यवसायिक कृषि तथा स्वरोजगारी एवं अन्य सामाजिक सुरक्षाका सवालमा उदाहरण संप्रेषण गर्दै आएको छ । यो मजदुर कोष पनि संभवत ७५३ कै लागी अर्को उदाहरण हो ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:१९ मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

व्यावसायिक बेसारखेतीमा इलामका किसान

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...