back
CTIZAN AD

मङ्सिर दोस्रो सातादेखि प्रशिक्षणका लागि नेपाली क्रिकेट टिम मौदानमा उत्रदैँ

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

822 

shares

२१ कार्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुनेभएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान० ले प्रशिक्षणका लागि राष्ट्रिय खेलकूद परिषद (राखेप) ले अनुमति दिएको जनाएको छ ।

राखेपबाट प्रशिक्षणको अनुमति पाएपछि छठ पर्वको लगत्तै प्रशिक्षण शुरु हुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । अनुमति पाएपछि क्यानले प्रशिक्षणको तयारी थालेको उनले उल्लेख गरेका छन । कोरोना भाइरसको महामारीका कारण गत चैतदेखि क्रिकेट खेलाडी प्रशिक्षण विहीन अवस्थामा छन् । आठ महिनापछि खेलाडी सामूहिक अभ्यासमा जुट्ने छन् ।

हाल क्रिकेट खेलाडी काठमाडौँ तथा कतिपय उपत्यका बाहिर रहेका छन् । प्रशिक्षण अघि सबै खेलाडीको स्वाब परीक्षण गरिने त्यसको नतिजाका आधारमा प्रशिक्षणमा सहभागी गराइने क्यान अध्यक्ष चन्दले बताए । खेलाडी र प्रशिक्षकलाई आवश्यक परेको खण्डमा होटल तथा गेष्ट हाउसमा राख्न सकिने उनको भनाइ छ । यस अघि क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण भदौ १ गतेदेखि थाल्ने योजना बनाएको थियो । कोरोना महामारी बढ्दै गएपछि प्रशिक्षण स्थगन गर्नुपरेको थियो । प्रशिक्षणका लागि क्यानले २४ भन्दा बढी खेलाडीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । खेलाडी सहभागिताको निर्णय प्राविधिक समितिले गर्नेछ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:५४ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...