back
CTIZAN AD

डोटीमा करदाता सेवा कार्यालय स्थापनाः स्थानीयवासीलाई जिल्लाबाहिर जानुपर्ने बाध्यता हट्यो

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

1.1K 

shares

२१ कात्तिक, डोटी । डोटीका  नागरिकलाई करसम्बन्धी सेवा लिन अब जिल्लाबाहिर जानुपर्ने बाध्यता हटेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनीमा करदाता सेवा कार्यालय स्थापना गरेसँगै यो बाध्यता हटेको हो ।

कार्यालयले सेवा शुरु गरेपछि कर सम्बन्धि सामान्य कामदेखि व्यक्तिगत स्थायी लेखा नम्बर लिनका लागि यहाँका सेवाग्राहीलाई कैलाली जानुपर्ने बाध्यता पनि हटेको छ । कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर लिन र कर तिर्न अहिले सेवाग्राहीको भीड लाग्न थालेको सिलगढीका स्थानीयबासी सिद्धराज जोशीले जानकारी दिए ।

आन्तरिक राजस्व सम्बन्धि सम्पूर्ण कार्यहरू गर्ने गरी जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ छाउनी स्थित कोष तथा लेखा नियन्त्रण कार्यालय नजिक रहेको सडक डिभिजनको भवनबाट कार्यालयले आफ्नो सेवा प्रवाह गरिरहेको कार्यालय प्रमुख हरि शर्माले बताए । उनले भने, “डोटीका नागरिकलाई जिल्लामै सेवा दिने उद्देश्यले हामीले सिलगढीमा कार्यालय सञ्चालन गरी सेवा दिन शुरु गरेका छौँ, अब कर सम्बन्धि सामान्य कामका लागि कैलाली जानुपर्ने बाध्यता हटेको छ ।”

कार्यालयले व्यक्तिगत तथा व्यवसायी स्थायी लेखा नम्बर, भ्याट दर्ता, अन्तःशुल्क दर्ता, कर चुक्ता प्रमाण पत्र, करदाता शिक्षालगायत सेवा दिने कार्यालय प्रमुख शर्माले जानकारी दिए । कार्यालयले सेवा शुरु गरेसँगै उक्त कार्यालयबाट पहिलो व्यवसायिक स्थायी लेखा नम्बर दिपायल सिलगढी नगरपालिका–१ गोसेडाकी हरूदेवी साउदले लिएको छ । उनले कृषि र पशुपन्छी फर्मको नाममा स्थायी लेखा नम्बर लिएको बताइएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १६:२८ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...