back
CTIZAN AD

उद्यम गर्न चाहनेकालागि चौतारा साँगाचोकगढी नगरपालिकाको साथ

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

909 

shares

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबिच सहुलियतपूर्ण कर्जा सम्झाैता भएको छ । बुधावार बैंकको केन्द्रिय कार्यालय न्यूरोडस्थीत बागमती प्रदेश कार्यलयमा भएको सम्झाैता अनुसार उद्यमी हुन चाहनेहरुलाई दुई प्रतिशत व्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने भएको छ ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख शुन्दर पन्थीले दिएको जानकारी अनुसार बैंकले नेपाल सरकारको सहुलियतपूर्ण कर्जाको कार्यनीति अनुसारनै नगरपालिकासँग छुट्टै सम्झाैता गरेको हो । सम्झाैतामा उल्लेखभए अनुसार उक्त कार्यक्रम नगरपालिकाले अबलम्वन गरेको मेयरसँग उद्यमशिलता नामक कार्यक्रमसँग सम्बन्धीत रहेको छ ।

“मेयरसँग उद्यमशिलता कार्यक्रमले बैंकसँग उद्यमशिलत बन्न चाहनेहरुलाई जोड्ने छ ।” पन्थीले भने “यो कार्यक्रमले बैंक थप आस्वास्त त हुन्छ नै यसको अलवा उद्यमीलाई दिनुपर्ने सबै सल्लाह र सुझाव पनि बैंकले नै दिने हुँदा सेवाग्राहिले थप सहज महशुस गर्ने छन् ।”

पन्थीका अनुसार नगरपालिकासँगको समन्वयनले नगरभित्र रहेका उद्यमीहरुको पहिचान गर्न सहयोग पुग्ने तथा यस कर्जा प्रणालिमा नगरपालिका र बैंक दुबै समान उत्तरदायी बन्ने तथा उद्यममीहरुको उद्यमशिल बन्ने चाहनामा सहयोगि बन्नु हो ।

यस अघि वि.सं. २०७२ सालबाटनै सरकारले कृषिमा ब्याज अनुदान कर्जाको सुरुवात गरेको थियो । त्यसको राम्रो तथा प्रभावकारी कार्यन्वयन नहुदै सरकारले २०७५ सालबाट बजेटमा नै व्यवस्था गर्दै सात शिर्षकमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने घोषण गह्याे । यसका लागि सरकारले अर्थमन्त्रालयको सह सचिवको नेतृत्व हुनेगरि समिति पनि निर्माण गरेको छ । जसले सहुलियतपूर्ण कर्जाको कार्यविधि बनाएको छ र समय समयमा यसको पूनरावलोकन गर्ने छ भने नेपाल राष्ट्र बैंकले यसको अनुगमन समेत गर्ने छ । त्यहि व्यवस्थालाइ संसाेधन गर्दै हाल ९ शिर्षकमा सहुलियतपूर्ण कर्जाकाे व्यवस्था गरेकाे छ ।

सहुलियतपूर्ण कर्जाको व्यवस्था कस्तो छ ?
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०७७/७८ को मौद्रिक नीति अनुसार वाणिज्य बैंकहरुले कम्तीमा ५०० र न्यूनतम प्रतीशाखाले १० र राष्ट्रिय स्तरका विकास बैंकहरुले कम्तीमा ३०० र न्यूनतम प्रतीशाखले ५ मध्ये जुन बढी हुन्छ सोहि सङख्यामा कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था सहुलियतपूर्ण कर्जाको कार्यविधिमा व्यवस्था गरिएको छ ।

सोहि व्यवस्था अन्तरगत रहेर नगरपालिका र नेपाल बैंक लिमिटेडले छुट्टै सम्झाैता गरेका हुन् । जसमा राष्ट्र बैंकले कर्जाको व्याजमा दिने अनुदान बाहेक नगरपालिकाले समेत व्याजमा अनुदान उपलब्ध गराउने छ ।

कस्ता व्यक्तिले पाउछन त यो कर्जा ?

विश्वव्यपी रुपमा फैलिएको कोरोना भाईरसका कारण अस्थव्यस्थ बनेको अर्थतन्त्र र त्यसबाट प्रभावित वर्गलाई लक्षित गरेर यो कर्जाको व्यवस्था ल्याईएको हो । नगरपालिका भित्रका जतिपनि व्यवसाय गर्न इच्छाशक्ति राख्ने र विदेशबाट शिप सिकि नेपाल फर्केकाहरुलाई लक्षित गरेर यो कर्जाको व्यवस्था ल्याईएको साँगाचोक गढी नगरपलिकाका उप मेयर जानुका पराजुलीले बताईन । पराजुलीले भनिन्, “कोभिडका कारण धेरैले रोजगारी गुमाए, विदेशमा रहनुभएकाहरु पनि रोजगारी गुम्दा हाल नेपालमै हुनुन्छ उहाँहरुका लागि पनि यो सम्झाैता भएको हो । ” उनी भन्छिन् “ कतिपय स्थानिय व्यक्तिहरुमा काम गर्ने इच्छा शक्ति हुदाहुदै पनि लगानिको अभावमा काम गर्न नसकि रहेको अवस्था छ, तिनै व्यक्तिहरुको लागि लक्षित गरेर यो सम्झाैता भएको हो । ” कर्जा लिनका लागि आवेदन दिने व्यक्तिहरुको रुचि र क्षमतालाई पहिचान गरेर उनिहरु कर्जाको दाएरा भित्र पर्ने या नपर्ने नगरपालिका भित्र रहेको उद्यमी छनोट समितिले निर्धारण गर्नेे छ ।

यसरी वितरण गरिदै छ दुई करोड कर्जा
नगरपालिका र बैंक बिच भएको कर्जा सम्झाैता अनुसार नगरपालिकाले कर्जा कोषमा १ करोड र नेपाल बैंक लिमिटेडको तर्फबाट थप १ करोड गरि दुई करोडको कर्जा कोष निर्माण गरिएको छ । उक्त २ करोड रकम चालिस जना व्यवसाय गर्न चाहने व्यक्तिहरुले २ प्रतिशत ब्याजदरमा पाउने छन् ।

‘चालिस जना मध्ये समूहगत रुपमा आउने व्यक्तिहरुले १० लाखसम्मको कर्जा रकम पाउनेछन् भने व्यक्तिगत रुपमा आउनेले ५ लाखसम्म कर्जा रकम पाउने छन् ।’ पराजुलीले भनिन्, ‘हामिले समुहगत रुपमा आउनेलाई १० लाख र व्यक्तिगत रुपमा आउनेलाई ५ लाख कर्जा दिने भनेपनि उनिहरुको व्यवसाय गर्नसक्ने क्षमता र उनीहरुले गर्नलागेको व्यवसायको प्रकार हेरेर त्यसमा थपघट हुन सक्छ ।’

समुहमा आउनेलाई नगरपालिकाले विषेश प्राथमिकता दिने सोच बनाएको पनि उनले बताईन । उनी भन्छिन्, “यो बर्ष २ करोडको मात्र व्यवस्था गरिएपनि आगामि बर्षहरुमा यसको आकार बढाउदै लगेर नगर भित्रका उद्यमशिल बन्न चाहने व्यक्तिहरुका लागि नगरभित्रनै स्वरोजगारको व्यवस्था गर्दै उनिहरुको लागि बजार सम्मको व्यवस्था गर्ने सोचमा नगरपालिका रहेको छ ।”

उनका अनुसार अब साँगाचोक गढीमा उद्यमशिल बन्न चाहनेले नगरभित्रनै अवसर पाउने छन् । साथै यो व्यवस्थामा यो वर्ष अटाउन नसक्ने तर आफ्नो ठाँउमानै केहि गर्न चाहानेहरुले नेपाल बैंकमा मात्र नभएई अन्य कुनैपनि बैंक बाट व्यवसाय गर्नको लागि कर्जा लिएमा उनिहरुको कर्जाको ५० प्रतिशत ब्याज नगरपालिकालेनै व्यहोर्ने छ ।

बिना धितो कसरि सम्भव छ कर्जा ?
सरकारले बैंक तथा वित्तिय संस्थाहरु सँग मिलेर कर्जाको सुुरक्षणको पनि व्यवस्था गरेको छ । जसका लागि सामान्यलाई दशलाख रुपैयाँसम्म र महिला उद्यमशिलताका लागि १५ लाख रुपैयाँसम्मको सुरक्षण हुने छ । जसको प्रिमियम कार्यविधिमा भएको पछिल्लो संशोधन अनुसार कर्जा प्रवाह गर्ने बैंकले ५० प्रतिशत तथा सरकारले ५० प्रतिशत व्यहोर्ने छन । तर साँगाचोक गढीमा यसका अलवा नगरपालिकाको तर्फबाट उसको दायरामा परेका उद्यमिहरुलाई व्याजमा थप अनुदानको व्यवस्था हुने छ । “नगरपालिकामा उद्यमी छनोट समिती रहेको छ, जहाँ बैकका कर्मचारी र पालिकाका प्रतिनिधिहरु रहनेछन् ।” पराजुलीले भनिन्, “उहाँहरु बाटनै उद्यम गर्न चाहने व्यक्तिहरुको क्षमताको पहिचान गरि बैंक र नगारपालिकाको समान जिम्मेवारीमा उद्यमीहरुले कर्जा पाउने छन् ।”

उद्यमिहरुको लगानशिलता र इच्छाशक्तिलाई मुल्याङकन गर्दै आगामि दिनहरुमा यो क्रम निरन्तर रुपमा चलिरहने उनले बताइन ।

चौतारा साँगाचोक गढी नगरपालिकामा नेपाल बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जाको व्यवस्थामा अग्रसरता देखाएपनि मौद्रिक नितीमानै समाबेस गरिएको सहुलियतपूर्ण कर्जाको व्यवस्था सहजरुपमा संचालन गर्नमा सबै बाणिज्य तथा विकास बैंकहरु सकारात्मक नदेखिएको पाईएको छ ।

साँगाचोक गढीको जस्तै देशभरीका सबै पालिकाहरुले सहुलियतपूर्ण कर्जाका लागि पहल लिने होभने अहिलेको संकटपूर्ण अवस्थामा बेरोजगारहरुले रोजगारीका लागि भौतारिदै भारतलागाएतका देशहरुमा जानपर्दैन थियो कि ?

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १७:३० मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...