back
CTIZAN AD

रहेनन् शिक्षक नेता शर्मा

वि.सं.२०७७ कात्तिक २२ शनिवार

963 

shares

२२ कार्तिक, काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष मदन शर्माको कोरोनाका कारण निधन भएको छ ।

शनिबार बिहान ५.४० बजे नेपालगञ्ज भेरि अस्पतालमा उपचारकै क्रममा ५८ वर्षिय शर्माको मृत्यु भएको जनाइएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका अध्यक्ष शंकर अधिकारीले संगठनको एक अभिभावक मदन शर्माको दुखद् निधनको खबरले सिङ्गो संगठनलाई स्तव्ध बनाएको बताएका छन् ।

तत्कालीन अखिल नेपाल शिक्षक संगठनका सस्थापक अभिभावक, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय समितिका पूर्व सदस्य र एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समिति सचिव समेत रहेका उनी शिक्षकका नेता मात्र हैन राजनीतिक अभिभावक रहेको उनले बताएका छन् ।

निष्ठा, इमान्दारिता र समर्पणको असल उदाहरण, शैक्षिक जागरणको अगुवा र राजनैतिक आन्दोलनको सतिसाल भन्दै उनले शर्माप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका साथै सिङ्गो संगठनको तर्फबाट भावपुर्ण श्रद्दाञ्जलिसहित शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

यसैगरी पूर्वमन्त्री तथा संघीय संसद रेखा शर्माले ‘अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेशका अध्यक्ष मदन सरको कोबिडका कारण निधन भएको खबर सुन्दा अत्यन्त दुःखित रहेको’ बताएकी छन् ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:१६ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...