back
CTIZAN AD

घायलका पाँच मुक्तक

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1.1K 

shares

 

(१)
जिन्दगीको मूल्य त अभावमा जिउदा पो थाहा पाए
आँसु पनि नशा झै लाग्दोरहेछ पिउदा पो थाहा पाए
जसको ग¥यो बिश्वास उसैले बिश्वासमा घात ग¥यो,
बिश्वासघातले मन फाट्दो रैछ सिउदा पो थाहा पाए ।
(२)

लौरो उतै बिर्सियौँ कि आफू खोला तरेपछी
दिलको घर भत्काएर अन्त बसाइँ सरेपछी
मनको वागमा ढकमक्क सपना जो फूलाएथे,
रित्तै भयो यो जिन्दगी मायाको फूल झरेपछी ।।

(३)
चिसो पनि उस्तै छ बैशाख हो या पुस बुझ्ने कसरी
झन् बढ्दो छ ब्यबहारिक उकुसमुकुस बुझ्ने कसरी
विकासको कुरा गर्छन् योजनामा मोलमोलाइ गर्छन्,
टेबुलमुनिको कारोबार उपहार कि घुस बुझ्ने कसरी ?
(४)

तराई हाम्रो बाच्ने आधार हिमाल् शिर थियो
छाती भित्र पहाडको गुराँस फूल्ने भिर थियो,
नदि नाला डाडाँ काडाँ कलेजो मा राख्छु सधैं,
सिमानामा सोझ्याएको दुश्मन को तिर थियोे ।।
(५)
खोज्न पर्छ भने खोज्नु यथार्थता टुक्रिएको दिलमा छ
जस्तोसुकै कुरा गरे पनि परिस्थिति झन् मुस्किलमा छ
कहिले दुःखको खात देख्छु कहिले सुखको मात लेख्छु
जिन्दगी भोगाइको परिभाषा उल्लेखित तपशिलमा छ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:१६ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...