back
CTIZAN AD

लघुकथाः इज्जत

वि.सं.२०७७ कात्तिक २२ शनिवार

990 

shares

‘लौ आयो हजुर, ताजा ताजा तरकारी ! काउली, बन्दा, घिरौंला, बोडी, करेला, टमाटर, खुर्सानी …।’ ठेलावाला कराउँदै थियो ।

‘बुबा ! बुबा !! तरकारी किन्नु रे ! मामुले भन्नु भएको ।’ संगिताले झपेन्द्रलाई भनी ।

झपेन्द्रले ठेलावालासँग तरकारीको सोध्यो ।

‘काउली ८०।-, बन्दा ४०।-, घिरौला ४०।-, बोडी १००।-, करेला ९०।–, टमाटर ८५।-…।’ ठेलावालाले दाहिने हातले निधारको पसिना पुछ्दै बेलिविस्तार लगायो ।

‘ओहो, कति महंगो ! काउलीलाई ६०।– र टमाटरलाई ६५।- गर । ल, एक-एक किलो तौल त ।’ झपेन्द्रले अह्रायो ।

‘हुन्न हजुर ! मलाई घाटा लाग्छ । लौ हजुरले पाँच-पाँच रूपैया कम दिनुहोस् ।’ ठेलावालाले आग्रह गर्यो ।

‘तैलें मलाई ठग्न खोज्छस् !’ भन्दै उसले काउलीको ६० र टमाटरको ६५ रुपैया मात्र दियो ।

संगिताले यो सब हेरिरहेकी थिई । उसले झपेन्द्रसँग भनी, ‘किन, बीस–बीस रुपैया कम दिनु भएको नि बुबा ?’ बिचराले कस्तो मन दुखाएको थियो ।
दिउँसो श्रीमतिको आग्रहमा, झपेन्द्रको सपरिवार रेष्टुरेण्ट गए । मम, चिकन चिल्ली, वियर र कोक खाए । वेटरले विल ल्याई । रु २४००।– भएको थियो । उसले हजार–हजारका ३ वटा नोट राखिदियो । वेटरले रु ६००।– फिर्ता ल्याएर टेबलमा राखिदिई ।

‘ल जाऊँ, उठौं !’ श्रीमति र छोरीतिर हेर्दै झपेन्द्र बोल्यो ।

‘त्यो फिर्ता आएको पैसा राख्नुहोस् न त बुबा ।’ छोरीले सम्झाई ।

‘नाई नानू ! त्यो पैसा लग्नु हुन्न । वेटरलाई टिप्स हो ।’ झपेन्द्र बोल्यो ।

‘त्यो त हाम्रो पैसा हो नि, बुबा ! उसले काम गरेको तलव पाइहाल्छे । हामीले सित्तैमा किन दिने ?’ संगिताले आफ्नो कुरा राखी ।
वेटरतिर छड्के नजर लगाउँदै झपेन्द्र सु्स्तरी बोल्यो, ‘नकराऊ न नानू ! यहाँ त मेरो इज्जतको सवाल पो छ त ।’

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:१४ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...