back
CTIZAN AD

कविताः  फेरि फाटो किन ?

वि.सं.२०७७ कात्तिक २२ शनिवार

834 

shares

मिलेर जित्यौ
मिलेरै बस्यौ
फेरि के भयो तिमीलाइ
सुनिदैछ
आफु र आफ्नैलाइ मात्र हेर्न
तिमीले थाल्यौ रे
गुट-गुटबाट घेरिन बेरिन
थाल्यौ रे
भोली होइन आजै चाहिन्छ
तिमी भन्न थाल्यौ रे
छोड्छु दिन्छु भन्दै नछोड्ने
आफ्नै मात्र पोस्ने तिर लाग्यौ रे

आफ्नैले आफ्नैलाइ विस्वास नगर्ने
प्राणी तिमी कस्तो बन्यौ
सहमति गर्दै बिमति
लगातार कस्को हितमा गर्यौ
अघाउने गरी खान दिदा पनि
हाडी घोप्टे स्वभाव किन देखायौ
मिलेर बसे सधैलाइ
जुधे, छुटे अर्कैलाइ
देख्दा भोग्दा पनि
किन बिबेक गुमायौ

मिलेर बस
मिलेर शाशन गर
भन्दा पनि
किन ङ्यार ङ्यार गरी
हड्डी खोसा खोस गर्दैछौ
गुट परिवार आफन्त
कमिशनदाता भन्दा
बाहिर देश र जनता छन्
त्यता किन ध्यान र काम
केन्द्रित गर्दैनौ
धेरै त अहिले भन्दिन
अति गरे क्षति हुन्छ
यति त बुझ्दछौ
भोली फेरी जनता सामु जानु पर्छ
त्यो बेला कसरी अनुहार देखाउछौ
के भनेर भोट माग्छौ ?
बिस्वास र इमान गुमाएपछि
हुने त राणा राजा पंच
जस्तै हो यति त बुझ्दछौ

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:१२ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...