२२ कार्तिक, काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ३२ हजार ५ सय ४० नयाँ कोरोना संक्रमित थपिएसँगै कुल कोरोना संक्रमितको संख्या १ करोड ५८ हजार ५ सय ८६ पुगेको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार २ सय ४८ को मृत्यु पछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ४२ हजार २ सय ३० पुगेको हो ।
अमेरिकामा अहिले पनि ३४ लाख २५ हजार १ सय ४८ जना संक्रमित अवस्थामै रहेका छन भने ६३ लाख ९१ हजार २ सय ८ जना कोरोना मुक्त भएका छन ।
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०९:४३ मा प्रकाशित





























