नेपालको राज्यसत्ता कम्युनिष्टको हातमा छ । नेकपाको चुनाबी घोषणापत्रमा माक्र्सवादको थोरै गन्ध आएको थियो । वर्तमानका घटनाक्रमलाई हेर्दा नेकपा दलाल माक्र्सवादको दलदलमा फस्दै गएको देखिन्छ । राज्यले जनतालाई दिनुपर्ने न्युनतम सुबिधा नदिएर जनमतको दुरुपयोग वा राजनीतिक शोषण गरेको छ । कोरोना संकटको बेलामा सत्ताको छिनाझम्टी देख्दा बिहान बेलुका भारी बोकेर खाने रामेलाई भारी बोक्न नपाएको पीडाले रातमा निद्रा लाग्दैन । रामे मेहनत गरेर खाने कम्युनिष्ट हो । कोरोना संकटको बेलामा ओम्नी समूहकालाई जनता भोकभोकै बस्दा पनि करोडौँ कमिसन नखाएसम्म निद्रा लागेन यसलाई दलाल माक्र्सवादको संज्ञा
दिन खोजिएको हो ।
देउरालीको काइलो २०३० सालदेखि कम्युनिष्टको सदस्य बनेर पार्टीको काम ग¥यो । पार्टीमा हिड्दाहिड्दै बाबुबाजेले जोडेको सम्पति पनि सकेछ । यसरी सम्पति सक्ता धेरै मानिसहरुले
गिज्याउन थाले । ऊ भन्दापछि पार्टीमा लाग्ने धेरै समानुपातिक सभासद भए । उसको पहुँच ओली, दाहाल, नेपाललाई प्रभाव पार्नसक्नेभएन फलतः समानुपातिकमा नाम परेन । चन्दा दिन सक्नेहरु माननीय भएको देख्दा उसलाई सह्य भएन र आत्महत्या ग¥यो ।
माक्र्सवाद अमानवीयताबाट पीडित विशाल जनमतको पक्षमा मानवतावादको रक्षा गर्नु हो । सम्पतिको लोभ, त्यसका लागिजसरी पनि कमाउने प्रवृति दलाल माक्र्सवाद हो र नीजि स्वार्थको
लडाइँबाट शोषित पीडित मानिसलाई मुक्ति दिलाउनु माक्र्सवाद हो । माक्र्सवाद आर्थिक तथा सामाजिक पुनरुत्थानका लागि एक अर्कालाई शोषण र उत्पीडन नहुने गरी श्रम विभाजनको व्यवस्थापन गर्ने प्रक्रिया हो । एउटै घरमा बसेर सामुहिक निर्णय गर्न नसक्ने, भएका
निर्णयहरु पनि कार्यान्न्वयन गर्न नसक्नु र म र मेरो गुटबाट अलग हुन नसक्नुलाई नै दलाल माक्र्सवाद भनिएको हो । हामीले पार्टी चलाउन सकेनौँ भनी आत्ममूल्याङ्कन गर्न नसक्नु, दुई अध्यक्षको विकल्प अरुलाई दिन नचाहनु, दुईपल्ट चुनाव जितेर पनि विरे सार्कीलाई मन्त्री बनाउन नचाहनु, सचिवालयकालाई अवसरै अवसर प्रदान गर्नु दलाल माक्र्सवाद हो ।
वैधानिक अङ्गका सदस्यमा नियुक्त गर्न सबै तह एसएलसी देखि एमए सम्म प्रथम श्रेणीमा प्रथम हुने योग्य व्यक्तिहरुलाई नियुक्त नगरी सम्धीज्यूहरुलाई बारबार नियुक्त गर्नु नेकपामा झाङ्गिएको बिकुवा माक्र्सवाद हो ।
वास्तवमा मुलुकमा प्रभावकारी राज्य सञ्चालन र सुशासनको प्रत्याभूति हुन नसक्नुको दोष एकोहोरो राजनीतिक नेतृत्वलाई मात्र दिएर दिगो समाधान निस्कँदैन । निश्चय नै त्यो जिम्मेबारी राज्यको बागडोर सम्हाल्नेहरुको हो तर उत्तिकै महत्त्वपूर्ण जिम्मेबारी जनताहरुले असल नेतृत्व चयन गर्नु हो । जनताले आफ्नो चिन्ता सत्तासिनहरुले मात्र गरिदिऊन् भनेर आशा गर्ने होइन । सुशासन, विकास र सुन्दर भविश्यको माग जनता आफैले गर्नु पर्दछ । ती माग पूरा भएनन् भने प्रतिरोध गर्न सक्नुपर्दछ । माक्र्सवाद र दलाल माक्र्सवादकोअभ्यासका कारण दुई अध्यक्षको झगडाले जिन्दगी नै राजनीति हो भनेर लागेका इमान्दार कार्यकर्तालाई बिच नदीमा छोडेर झोले र चाकडीबाज कार्यकर्ताहरुको भर परियो भने समय नआउँदै मसानघाट पु¥याउलान् सचेत बन्नुहोला । लालसलाम
वि.सं.२०७७ कात्तिक २२ शनिवार ०९:५९ मा प्रकाशित






























