back
CTIZAN AD

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाद्धारा कोरोनाका कारण समस्या परेकालाई सहयोग

वि.सं.२०७७ कात्तिक २२ शनिवार

576 

shares

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीकाले मातृभूमि नेपालमा कोभिड-१९ को कारण समस्यामा परेकालाई आर्थिक सहयोग गरेको छ ।

अर्गनाइजेसनका लोकल च्याप्टरहरु न्युहेम्पशायर, कनेक्टिकेट, म्यासाच्युसेट्स बोस्टन, न्यु योर्क वाशिंगटन डी सी, पेन्सिल भानिया, क्यालिफोर्निया, मेरील्याण्ड,भर्जिनिया, टेक्सास, कोलोराडो, नेब्रास्का, लगायतका राज्यमा बसोबास गर्ने नेपालीहरुबाट सहयोग रकम संकलन गरिएको हो ।

हालै संसारभरी महामारीको रुपमा फैलिएको कोरोनाको कारण आफ्नो मातृभूमि नेपालमा दैनीक ज्यालादारी गरी जीवनयापन गरीरहेका बाबु आमाको नाबालक छोराहरु तथा शारीरिक अपांगता भएकाहरुले भोग्नु परिरहेको दुःख कष्टमा साथ दिने उद्धेश्यले उक्त सहयोग गरिएको बताइएको छ ।

सहयोग रकम डलर २ हजार २० आदिवासी जनजाती महासंघ अमेरीका फिपफ्नाको सहयोग अभियानलाई २ महिना पहिले पठाईएको र अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष मुना राइले २०२० सालमा सम्झना रहने गरी डलर २०२० सहयोग गरिएको बताइन् ।

उक्त सहयोग सहित अन्य सहयोग संकलन गरेर फिफ्नाले नेपालको बिभिन्न शहर तथा वस्तीहरुमा रोजगारीबाट बन्चित भएर भोकै हिड्न बाध्य भएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई खानपिनको व्यवस्था गरेको थियो । अहिलेको २ हजार डलर बराबर नेपाली रकम २ लाख २८ हजार ६ सय रुपैयाँ एबिसी न्युज नेपाली टेलीभिजनद्वारा संचालित चर्चित कार्यक्रम इन्द्रेणीका संचालक तथा समाजसेवी कृष्ण कंडेलमार्फत पठाइएको हो ।

उक्त सहयोग रकम अर्गनाइजेसनको प्रतीनिधित्व गर्दै संगीतकार तथा गायक कनकाइस्ट राईले एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०९:२९ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...