back
CTIZAN AD

सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउँदै

वि.सं.२०७७ कात्तिक २२ शनिवार

558 

shares

२२ कात्तिक, टीकापुर । कैलालीको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् । महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् ।

द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण कार्य थालेका हुन् । टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण भएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ । आम्वासकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको लिफाफा अथवा खाम बेच्छिन् ।

गाउँमै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उनले घरबाटै बेच्न थालेकी हुन् । ‘‘हामी १० जना महिला काम गर्छौँ । अन्य व्यवस्थापनको काम सञ्जालले गर्छ’’, कृष्णादेवीले भनिन्, ‘‘बजारको चिन्ता छैन, खाम र कागज नै किन्नेहरु घरै पुग्छन्, अन्य ठाउँबाट पनि माग आउन थालेको छ ।’’

कागज बनाउन गाउँ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ । प्रशोधनसहित महिलाले गाउँमै नेपाली कागज उत्पादन गरिरहेका छन् । अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरी बताउछिन् । ‘‘महिलाले उत्पादन गरेको कागज र खामले बजार सहज पाइरहेको छ’’, चौधरी भन्छन्, ‘‘कैलालीका धेरैजसो सरकारी कार्यालयले यहीबाट कागज र खाम खरिद गरिदिन थालेका छन् । कागजको बजार खोज्न तनाव छैन ।’’

टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि पाँच लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् । नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ । ‘‘उहाँहरुले राम्रो काम गर्नुभएको छ । हामी थप मेसिन आवश्यक भए सहयोग गर्नेछौँ’’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘‘उत्पादित कागजको बजारीकरणका लागि पनि हामी सहयोग गर्नेछौँ ।’’

उद्योगमा आवद्ध महिलाले यसरी गाउँमै काम गर्न पाउँदा घर खर्च चलाउन सहज हुने बताएका छन् । स्थानीय स्रोत साधनको प्रयोग हुने, गाउँघरमा स्वरोजगारको अवसर प्राप्त हुने भएकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न उद्योगले सहयोग पुगाएको स्थानीय गणेश क्षेत्री बताउछन् ।

‘‘केराको उत्पादन लिएपछि विकारको रुपमा केराको थामलाई फाल्ने गरिन्छ । तर त्यही केराको थामलाई प्रयोग गरी आम्वासका महिला आम्दानीको स्रोतको रुपमा विकास गर्दै गएका छन्’’, क्षेत्री भन्छन्, ‘‘बहुउपयोगी केरा खेतीलाई यसले प्रवद्र्धन गर्छ । महिलालाई आर्थिक रुपमा बलियो बनाउन सघाएको छ ।’’रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार ११:३० मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...