back
CTIZAN AD

माछापालन र होटल व्यवसायबाट मनग्य आम्दानी लिदैँ कृषक

वि.सं.२०७७ कात्तिक २२ शनिवार

897 

shares

२२ कात्तिक, बनेपा । पनौती नगरपालिका–१ मानेदोभानस्थित खानीखोलाका सूर्यबहादुर तामाङले ट्राउट माछापालनसँगै होटल व्यवसायसमेत सञ्चालन गरेर गाउँमा नै मनग्य आम्दानी गर्न थालेका छन् ।

बाह्र वर्ष अगाडि गाउँकै एउटा सहकारी संस्थाले शुरु गरेको रेन्बो ट्राउट माछापालन केही वर्षयता आफूले नै वार्षिक रुपमा संस्थालाई रकम तिर्ने गरी भाडामा सञ्चालन गरेको व्यवसायले अहिले राम्रो आम्दानी गर्न सफल भएको उनले बताए ।

यसअघि मानेदोभान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संरचना निर्माण गरेर थालनी गरेको रेन्बो ट्राउट माछापालन व्यवसाय घाटामा गएपछि जग्गा धनीसमेत रहेका तामाङलाई नै पाल्नका लागि दुई वर्ष अगाडि जिम्मा दिएको हो ।

संस्थाले वार्षिक दुई लाख ८० हजार तिर्ने गरी तीन वर्षको लागि सम्झौता गरेर जिम्मा लगाएपछि अहिले तामाङले माछापालन व्यवसायसँगै होटल खोलेर व्यवसाय सञ्चालन गरेका हुन् ।

उनको व्यवसाय छोरा बुहारीले सम्हाल्दै आएको उनको भनाइ छ । यसअघि सहकारी संस्थालाई वार्षिक २० हजार तिर्ने गरी भाडामा दिएको जग्गाको माछापालन व्यवसाय आफैँले लिए पनि भाडा भने निरन्तर आइरहेको उनले बताए ।

पहिला सहकारीले कर्मचारी राखेर काम गर्दा घाटा भएको भन्दै आफैले चलाएको माछापालन व्यवसायले राम्रो फाइदा भएको तामाङले बताए। “कुनै दिन कम हुन्छ, कुनै दिन मान्छेहरुको भीड नै हुन्छ”, उनले भने, “शनिबार एक लाख बढीको माछा बिक्री हुन्छ ।”

प्रति किलो रु एक हजार ३०० मा पोखरीमा आफैँले माछा मारेर खाना पाइन्छ । व्यवसायीको लागि माछाको भुरा लिन भने कहिले तातोपानी त कहिले मेलम्ची पुगेर ल्याउने गरेको उनले बताए ।

तर यसपटक भने बन्दाबन्दीका कारण माछाको भुरा हाल्न नपाएको उनको गुनासो छ । सो ठाउँमा पहिलाकै ६ वटा पोखरी छ भने पछि वाग्मती प्रदेश सरकारबाट रु ६ लाख अनुदान प्राप्त गरेपछि तीन पोखरी थपेर माछापालन व्यवसाय बढाउँदै लगिरहेको उनले बताए ।

माछाको बिक्रीसँगै होटल पनि राम्रो सञ्चालन भएपछि अहिले खानीखोलामा आन्तरिक पर्यटकको घुइँचो बढ्न थालेको छ । सँगै होटल पनि भएपछि धेरैजसो ग्राहकले माछा किनेर त्यही खाने गरेको होटल सञ्चालक सुरज तामाङ बताउँछन् । रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार ११:१९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...