back
CTIZAN AD

माछाबाट यसरी जीविका चलाउँछन् बागलुङका किसान

वि.सं.२०७७ कात्तिक २३ आइतवार

786 

shares

२३ कात्तिक, बागलुङ । तमानखोला गाउँपालिका–१ सेउलाका टेकमान विकसहित चार जना मिलेर बिहीबार तमानखोलामा दुवाली छेके । ठिहिराउने पानीमा दिनभर खेलेपछि साँझपख १२ किलो माछा मरे । किलोको रु ६५० का दरले बेचे र पैसा बराबर बाँडे ।

भोलिपल्ट पनि माछा मार्ने योजना बुनेर उनीहरु आ–आफ्नो घर लागे । माछा मार्नेले यसरी नै हिउँदका फुर्सदिला दिनहरु खोलामा कटाउँछन् । माछाबाटै जीविका धान्छन् । पचपन्न वर्षीय विकले भदौदेखि नै माछा मार्न थालेको बताए । “वर्षाको खेतीपाती सकेपछि हाम्रो कामै यही हो”, विकले भने, “कहिले राम्रो माछा पर्छ, कहिले दुःख पनि उठ्दैन ।” उनले माछाबाट आएको पैसा घर खर्च र छोराछोरीको पढाइमा लगाउँछन् । कुनै महिना त माछाबाटै १५/२० हजारसम्म कमाइ हुने गरेको विकले सुनाए ।

तमानखोलामा माछा मारेर गुजारा चलाउने अरु पनि छन् । बोङ्गादोभानका २९ वर्षीय जीवन पुनले बल्छी, जाल, पासा र दुवाली थुनेर माछा मार्ने गरिएको बताए । उनका अनुसार दुवाली छेकेर माछा मार्न धेरै जना चाहिन्छ । त्यसरी मारिएको माछाको सबैले बराबरी भाग पाउँछन् ।
“तमानखोलाको असला माछा स्वादिष्ट मानिन्छ, यहाँका प्रायः सबै होटलमा माछाको परिकार हुन्छ”, पुनले भने । धेरैजसो होटल, रेष्टुराँ व्यवसायीले नै माछा खरिद गर्छन् । माछाको सुकुटी बनाएर महङ्गोमा बेच्ने पनि हुन्छन् । बोङ्गादोभान बजारमा मात्र माछा बेचेर जीविका चलाउने २० जनाभन्दा बढी छन् ।

गाउँपालिका अध्यक्ष जोकलाल बुढाले तमानखोला माछाका लागि समेत चिनिने गरेको बताए । चिसो र स्वच्छ पानीमा हुर्केको भएकाले माछा स्वादिष्ट हुने गरेको उनको भनाइ छ । असला माछा लोप हुने देखेर गाउँपालिकाले पछिल्लो समय माछा मार्न कडाइसमेत गर्न थालेको छ ।

अवैधरूपमा विष हाल्न र विद्युतीय शक्ति लगाएर माछा मार्न रोक लगाइएको छ । “वडा नं ३ मा त निश्चित समय तोकेर मात्र माछा मार्न पाइने व्यवस्था छ”, उनले भने, “वडा तहमा फुकुवा भएपछि मात्र माछा मार्न दिइन्छ ।” वडा नं ४ को लाम्मेला हुँदै, तमानगाउँ, बोङ्गादोभान, भालिबाङ, हुन्द्राफेँदी हुँदै तमानखोलाको पुछारसम्मै माछा मारिन्छ ।

गाउँपालिकाको बोङ्गाखोला र खुङ्खानी खोलामा पनि माछा मार्नेहरु भेटिन्छन् । जिल्लाको बडिगाड, निसी, भूजी, दरम, ठेउले, तारा, काठेलगायतका खोलामा असला माछा पाइन्छ । दरमखोलाको असला त कोसेलीका रूपमा विदेशसम्म पुग्छ । सुकुटी पारिएको असला माछा प्रतिकिलो रु सात हजारसम्म पर्छ ।

आलो माछा रु ८०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको गलकोट नगरपालिका–७ मल्मका व्यवसायी बाबुराम केसीले बताए । उनको अनुसार गलकोट नगरपालिका–७, ८ र ९ मा मात्र दैनिक ३० भन्दा बढी व्यक्तिले माछा मार्ने गर्छन् । पछिल्लो समय व्यावसायिकरूपमा माछा पाल्ने क्रम पनि बढ्दो छ । गलकोट र ताराखोलामा ‘रेम्बो ट्राउट फार्म’ समेत छन् ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १०:३७ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...