२३ कात्तिक, काठमाडौं । आज आइतबार सुनको भाउ ५ सय रुपैयाँले वृद्धि भएको छ ।
शुक्रबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि बढेर प्रतितोला ९७ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको भाउ केही दिनदेखि निरन्तर उकालो लागिरहेको छ ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार ११:१५ मा प्रकाशित






























