back
CTIZAN AD

जनयुद्धकी लडाकु तथा शहिद पत्नी भन्छिन् – ‘प्रचण्डवाद भोग्न चाहेकी मैले प्रचण्डको बर्बादी कसरी हेर्न सकुँ’

वि.सं.२०७७ कात्तिक २३ आइतवार

1K 

shares

गाउँ देखि सहर घेर्ने पार्टीको रणनीति सफलीभुत हुँदै गर्दा ढाडमा टेकेर टाउकोमा हान्दै गरेको बेला मैले प्रचण्डपथबाट ‘प्रचण्डवाद’ तिर छलाङ्ग मार्ने प्रचण्ड अख्तियारीको व्यग्र प्रतीक्षा गरिरहेकी थिएँ ।

पछिल्लो पार्टी एकताले पैदा गरेको उत्साहमा अहिले निराशा थपिएको छ । यो निराशा सिमीत ब्यक्तिहरुमा मात्र होइन आममा थपिएको छ । यो आम निराशाका बिच गणतन्त्र विघटन हुनसक्ने सम्भावनाले ईमान्दार कार्यकर्ता, शुभचिन्तकहरुको मन शान्त छैन ।

प्रश्नहरु बढेका छन् प्रचण्ड कामरेड ! बादल, हुरी, हावा, बर्षा केही थान मान्छेले पद पाउने मात्रै एकता हो र यो ? राष्ट्रियता, जनतन्त्र, जनजिविका, शिक्षा, स्वास्थ रोजगारमा परनिर्भर हुनका लागि गरिएको एकता हो र यो ? जनताप्रति कुनै जिम्मेवारी बहन गर्नै नपर्ने दलालहरुले नेतृत्व गर्ने भनेर गरिएको पार्टी एकता हो र यो ? कि माओवादीहरूलाई सिध्याउन गरिएको एकता हो ? तपाईं सङ्गै जनयुद्धको बागडोर सम्हालेका तपाईंका समकक्षीहरु सङ्गको सम्बन्ध विच्छेद कति अप्रिय छ, सोच्न सक्नुभएन ? तपाईंलाई विश्वमा चिनाउने मालेमावादी दर्शन जनसेना, जनसत्ता, जनसरकार सबै सबै त्याग गरेको होइन र ? तर त्यसको बदलामा तपाईंलाई बदनाम गर्न खोजिदैछ, दुई तिहाइको दम्भ देखाएर तानाशाही व्यवस्थाको झल्को दिइँदैछ ।

कामरेड प्रचण्डसँग अन्तरमनको अर्को जिज्ञासा छ । यो सरकारले गरेको गल्ती कमजोरी र बदनामीकोे साक्षी मात्रै बस्ने कि नेपालीको मनमनमा बस्ने ? रोजाइ तपाईंको । रुपान्तरण तपाइबाटै देखिनुपर्दछ । हिजोका माओबादीसहित सबै अग्रगामीहरुको अभिभाकत्व गर्न मानसिक रुपमा तयार हुनुहोस् । क्रान्तिका नायकका रुपमा तपाईंलाई सोलुट हान्न पाईरहने मेरो इच्छामा धोका नहोस् । यही शुभेच्छा सहित पुनः परिवर्तनको नेतृत्व गर्नुस् शुभकामना छ ।

यदि आफूलाई मात्र हेर्ने स्वार्थमा लिप्त भएर मात्रै पार्टी एकता गरिएको हो भने त्यो एकता दीर्घकालीन हुनैसक्दैन र अब थप दुष्प्रयास अब नगरेकै राम्रो । कुरा त्यसो होइन भने एकताको पुरानो रुझानबाट बाहिर निस्कन जरुरी छ । उडुस जस्तो परजीवी भएर त्यहीँ टाँसिएको किन हो ?

परिवर्तनका सम्भावनाहरुलाई निरुत्साहित किन गर्दै हुनुहुन्छ ? प्रचण्डप्रति गर्व गरिरहन पाउने मेरो चाहनाको हत्या किन भैरहेको छ ? मलाई लज्जित नगरियोस् । हाम्रो सुप्रिमो तपाईं किन सारै रुजेको बिरालो जस्तो हुनुभएको हो ? एकताको स्वार्थ देश र जनता बाहेकको त होइन नी ? तपाईं किन थर्कमान हुनुभएको छ ? पिलोहरुको एकतामा किन यति साह्रो मरिहत्ते ? आत्मालोचना गरौं, माओवादी एकतामा जोड दिउ । संबैधानिक तरिकाले नै अघि बढौ । बेइमानीहरु लाई बोकेर लज्जित किन हुने ? अब त पिलो निचोर्न बन्दोबस्तीमा जुट्ने बेला पो हो यो त । जनताको मेन्डेट के हो बिर्सनुभएको त छैन ?

राष्ट्रिय स्वाधीनता, जनतन्त्र,आम मुक्तिका कुरा, सहिद, घाइते, बेपत्ता, अस्तव्यस्त कार्यकर्ता, अन्यायमा चपेटिएका बर्ग, जात, धर्म, लिङ्ग, क्षेत्रका पीडित जनताको चित्कार तपाईंको डायरीबाट हराएका त होइनन् ? ती सबै सबै नीजि स्वार्थका लागि भ¥याङ् त बनेका छैनन् ? यो एकता स्वार्थको लागी होइन भन्ने कुरामा तपाईंको स्पष्ट धारणा जान्न सुन्न पाउनु हाम्रो अधिकार हो । नेकपाको एकताले देश र जनतालाई अनिर्णयको बन्दी बनाउन कुचेष्टा मात्रै गरिएको खण्डमा नसोचेको परिणाम भोग्नु पर्नेछ ।

प्रिय सुप्रिमो, जब म केही कुरा बुझ्ने भएँ, म असाध्यै दुखी भएँ । दुखी यसकारण भए कि, एउटै देशको दुई खाले शिक्षा नीति, स्वास्थ र रोजगारबाट बिमुख श्रमजीवी बर्ग चिने । दिनभरि काम गर्नेहरूले पटुकीले भोको पेट कसेको हेरे । रु. सय ऋण सापटी दिएर दस हजारको तम्सुक लेख्ने र गैर्ही खेत कब्जा गर्ने, लैनो भैंसी फुकाउनेहरु पनि देखे । वैदेशिक रोजगारमा गएका छोराछोरी गुमाएका असहाय बृद्दबृद्दा पनि देखे, अनि टुहुरा लालाबाला नि देखे,त्यसपछि म बेस्सरी दुखी भए । म भन्दा केही ठूला उमेरका दिदीहरुको पढ्ने बेलामा बालविवाह भएको मैले आफैले देखे, हजुरआमा आमाहरुले खुट्टा धोएर पानी खाएको देखे । आमा र बाका छुट्टाछुट्टै भान्सा पाकेको देखे । श्रीमानले श्रीमती लाई गोरु चुटाइ गरेको देखे । एउटी नारी सिङ्गो जीवन कहिले माईती,कहिले घर,कहिले श्रीमान र कहिले छोराछोरीको लागी मात्रै बाँचेको कुरा बुझेँ । उनी आफ्नो लागि ज्युँदै मरेको थाहा पाएँ, म सारै दुखी थिएँ । यसैगरी श्रम र सीपका धनी दमाईदाइ, सार्र्कीदाइ, दमिनी आमाहरुसित अछुतो बारेको देखेँ । मान्छेले मान्छेलाई अपमान गरेको महशुस गरेँ, म झनै दुखी भएँ । मेहनतीहरु झन पछी झन गरिबीले चपेटिएको देखे, ठगहरु मौलाउँदै गएको देखेँ । भाग्यमानीको परिभाषामा पिडकहरु बहुलाएको देखेँ । धुर्तहरुलाई चैन र साधुहरुलाई ऐन भन्ने पनि थाहा पाएँ । कति हो कति अमानवीय व्यवहारका श्रृङ्खलाहरु देखेँ ।

म सुखी हुन धेरै प्रयत्न गरेँ, यद्यपि जनयुद्धको विकल्प मेरो दिमागमा आएन । हरेक उत्पीडनबाट मुक्ति पाउन र हुन सम्भव छ, राष्ट्रिय स्वाधीनता सम्भव छ भन्दै तपाईं (प्रचण्ड) ले आफ्नो नेतृत्वमा जनयुद्धको थालनी गरेको कुरा बिस्तारै सुन्नमा आयो । मालेमावादको जगमा संचालित जनयुद्धले म जस्ता हजारौंको भावनालाई सम्बोधन ग¥यो पनि । जनयुद्धको कारण एकातिर अमानवीय व्यवहारहरु क्रमिक रूपमा कमजोर हुँदै थिए, अर्काेतिर जनयुद्ध सही साबित हँुदै थियो । प्रचण्ड क्रान्ति नायकका रूपमा विश्वभर स्थापित नाम थियो । धेरै बिद्रोही मनमा सधैं शासकबाट पीडित हुनुभन्दा मृत्यु रोज्न तम्तयार हुने बानीको विकास भैसकेको थियो । तिहारका पटका बोकेर प्रहरी चौकीमा आक्रमण गर्ने हिम्मतीला जनसेना थुप्रै आधुनिक हातहतियारले सुसज्जित बनीसकेका थिए । केन्द्रिय एकात्मक सत्ता र सरकारको विरुद्धमा जनसत्ता र जनसरकार सुदृढीकरण हुदैथियो । गाउँ देखि सहर घेर्ने पार्टीको रणनीति सफलीभुत हुँदै गर्दा ढाडमा टेकेर टाउकोमा हान्दै गरेको बेला मैले प्रचण्डपथबाट ‘प्रचण्डवाद’ तिर छलाङ्ग मार्ने प्रचण्ड अख्तियारीको व्यग्र प्रतीक्षा गरिरहेकी थिएँ ।

तथापि प्रचण्ड कमरेड ! तपाइबाटै आवश्यकताको बेलीबिस्तारसहित जनयुद्धलाई यूटर्न गराइयो, हामी भयौं पनि । विधि फरक हुन सक्ला, जननिती पास हुनेछ भन्ने तपाइप्रति कार्यकर्ताले विश्वास गर्नुपर्ने अवस्था थियो । मुखमा चुनाव,मनमा क्रान्तिको तयारी, प्रधानमन्त्रीको रुपमा बालुवाटारको बसाइ दुश्मनको बंकरमा छिरेर अन्तिम र निर्णायक युद्धको तयारी भन्ने सम्मका कुरा आए । त्यसै अनुसार नीति अख्तियार भएको भनियो, पत्याउनै प¥र्याे पत्याईयो । देशमा हुन सक्ने क्षति न्यून गर्ने, वैदेशिक हस्तक्षेपलाई रोक्ने र नेपाल लाई पुर्ण लोकतन्त्र सहितको गणतान्त्रिक राष्ट्र घोषणा गर्ने भन्ने कुरा सुन्दा कान पनि पबित्र भए जस्तो लाग्यो ।

पछिल्लो पार्टी एकताले पनि दङ्ग पा¥यो । शुरूवातमा माओवाद वर्बाद, पछि माक्र्सवाद लेनिनवाद वर्बाद्, अन्तमा नेकपा नै वर्बाद्को अवस्थामा छ । आजको दिनसम्म आईपुग्दा यी पवित्र कानहरु नेकपा भनेको सुन्दा लाजले भुतुक्कै हुन्छन् । प्रचण्डवाद भोग्ने इच्छा भएकी मलाई कतै प्रचण्ड बर्बाद् भनेर सुन्नुपर्ने त होइन ? हिजो आज त यो कुराको पो डर लाग्दैछ ।
म पूर्ववत रूपमा प्रचण्ड कमरेडलाई सप्रिमोको भूमिकामा देख्न चाहान्छु । करोडौं जनता पनि यही चाहना राख्दछन् । तपाईंको कार्यकालको अन्तमा आईपुग्दा पनि हामीले आदिम साम्यवादी समाज र युगलाई पुनः पढ्न पर्नेभो । त्यसकारण छोटकरी मात्र भनेकी छु । आदिम साम्यवाद, समाजको पूर्व अवस्था बारे अध्ययन गर्दै गर्दा धेरै कुरा थाहा हुन आउँछ । नीजि स्वार्थ, भौतिक विलासिता, पद, प्रतिष्ठा, पैसा जस्ता गलत चिन्तन र अवधारणाको विकास त्यो बेलामा भएको थिएन । यसकारण आदिम साम्यवादी समाजमा विभेद थिएन भन्दा अनुचित नहोला । मानिसहरू जङ्गलमा गुफा, ओढार खोजेर बस्थे,रुखका बोक्रा, पातलाई कपडाको रुपमा प्रयोग गर्दथे । वनका कन्दमुल काचो मासुलाई भोजनका रुपमा खाने गर्दथे । ढुङ्गामुढाको सहायताले सुरक्षाको सुनिश्चितता गर्दथे । न त बाटो घाटो थियो ,न त सवारी साधन हरु नै थिए । न त अजङ्ग महल थिए,न त चौरासी व्यन्जन थिए । न त स्कुल कलेज थिए, न त बुद्धीजिवीहरु थिए । न त माक्र्स एङ्गेल्स थिए, न त कमाउनिष्ट हरु नै थिए । न त अमेरिकी हरु थिए, न त एमसीसी थियो त्यहाँ । हिटलर, राणा, शाह, मोदी कोहि कोहि थिएनन् । अनि अब्राहम लिंकन लेनिन, माओ, बुद्ध कोही पनि थिएनन् । अनि त्यहाँ बर्ग, जात, लिंग क्षेत्र पनि घुसेकै थिएन । आदिम साम्यवादी समाज विकसित पक्कै थिएन होला, निश्चित र आनन्दित भने रहेछ । जब कि आजको सत्ताका मानिसहरु सभ्यताको नाउँमा जनता र प्रकृतिको दोहन गर्दै महाविपत्तीको दिशामा अघि बढदैछन् । सामान्य रुपमा हामीलाई हेक्का छ कि सडक, महल, सरकार, सत्ता, पद, प्रतिष्ठा, पैसा, भौतिक बिलासिता विना पनि हाम्रो जीवन सम्भव छ । अर्को शब्दमा क्रान्तिले नयाँ रुपमा निरन्तरता पाउनेछ ।

अब कामरेड प्रचण्डसँग अन्तरमनको अर्को जिज्ञासा छ । यो सरकारले गरेको गल्ती कमजोरी र बदनामीकोे साक्षी मात्रै बस्ने कि नेपालीको मनमनमा बस्ने ? रोजाइ तपाईंको । रुपान्तरण तपाइबाटै देखिनुपर्दछ । हिजोका माओबादीसहित सबै अग्रगामीहरुको अभिभाकत्व गर्न मानसिक रुपमा तयार हुनुहोस् । क्रान्तिका नायकका रुपमा तपाईंलाई सोलुट हान्न पाईरहने मेरो इच्छामा धोका नहोस् । यही शुभेच्छा सहित पुनः परिवर्तनको नेतृत्व गर्नुस् शुभकामना छ ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार ११:१० मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...