गाउँ देखि सहर घेर्ने पार्टीको रणनीति सफलीभुत हुँदै गर्दा ढाडमा टेकेर टाउकोमा हान्दै गरेको बेला मैले प्रचण्डपथबाट ‘प्रचण्डवाद’ तिर छलाङ्ग मार्ने प्रचण्ड अख्तियारीको व्यग्र प्रतीक्षा गरिरहेकी थिएँ ।
पछिल्लो पार्टी एकताले पैदा गरेको उत्साहमा अहिले निराशा थपिएको छ । यो निराशा सिमीत ब्यक्तिहरुमा मात्र होइन आममा थपिएको छ । यो आम निराशाका बिच गणतन्त्र विघटन हुनसक्ने सम्भावनाले ईमान्दार कार्यकर्ता, शुभचिन्तकहरुको मन शान्त छैन ।
प्रश्नहरु बढेका छन् प्रचण्ड कामरेड ! बादल, हुरी, हावा, बर्षा केही थान मान्छेले पद पाउने मात्रै एकता हो र यो ? राष्ट्रियता, जनतन्त्र, जनजिविका, शिक्षा, स्वास्थ रोजगारमा परनिर्भर हुनका लागि गरिएको एकता हो र यो ? जनताप्रति कुनै जिम्मेवारी बहन गर्नै नपर्ने दलालहरुले नेतृत्व गर्ने भनेर गरिएको पार्टी एकता हो र यो ? कि माओवादीहरूलाई सिध्याउन गरिएको एकता हो ? तपाईं सङ्गै जनयुद्धको बागडोर सम्हालेका तपाईंका समकक्षीहरु सङ्गको सम्बन्ध विच्छेद कति अप्रिय छ, सोच्न सक्नुभएन ? तपाईंलाई विश्वमा चिनाउने मालेमावादी दर्शन जनसेना, जनसत्ता, जनसरकार सबै सबै त्याग गरेको होइन र ? तर त्यसको बदलामा तपाईंलाई बदनाम गर्न खोजिदैछ, दुई तिहाइको दम्भ देखाएर तानाशाही व्यवस्थाको झल्को दिइँदैछ ।
कामरेड प्रचण्डसँग अन्तरमनको अर्को जिज्ञासा छ । यो सरकारले गरेको गल्ती कमजोरी र बदनामीकोे साक्षी मात्रै बस्ने कि नेपालीको मनमनमा बस्ने ? रोजाइ तपाईंको । रुपान्तरण तपाइबाटै देखिनुपर्दछ । हिजोका माओबादीसहित सबै अग्रगामीहरुको अभिभाकत्व गर्न मानसिक रुपमा तयार हुनुहोस् । क्रान्तिका नायकका रुपमा तपाईंलाई सोलुट हान्न पाईरहने मेरो इच्छामा धोका नहोस् । यही शुभेच्छा सहित पुनः परिवर्तनको नेतृत्व गर्नुस् शुभकामना छ ।
यदि आफूलाई मात्र हेर्ने स्वार्थमा लिप्त भएर मात्रै पार्टी एकता गरिएको हो भने त्यो एकता दीर्घकालीन हुनैसक्दैन र अब थप दुष्प्रयास अब नगरेकै राम्रो । कुरा त्यसो होइन भने एकताको पुरानो रुझानबाट बाहिर निस्कन जरुरी छ । उडुस जस्तो परजीवी भएर त्यहीँ टाँसिएको किन हो ?
परिवर्तनका सम्भावनाहरुलाई निरुत्साहित किन गर्दै हुनुहुन्छ ? प्रचण्डप्रति गर्व गरिरहन पाउने मेरो चाहनाको हत्या किन भैरहेको छ ? मलाई लज्जित नगरियोस् । हाम्रो सुप्रिमो तपाईं किन सारै रुजेको बिरालो जस्तो हुनुभएको हो ? एकताको स्वार्थ देश र जनता बाहेकको त होइन नी ? तपाईं किन थर्कमान हुनुभएको छ ? पिलोहरुको एकतामा किन यति साह्रो मरिहत्ते ? आत्मालोचना गरौं, माओवादी एकतामा जोड दिउ । संबैधानिक तरिकाले नै अघि बढौ । बेइमानीहरु लाई बोकेर लज्जित किन हुने ? अब त पिलो निचोर्न बन्दोबस्तीमा जुट्ने बेला पो हो यो त । जनताको मेन्डेट के हो बिर्सनुभएको त छैन ?
राष्ट्रिय स्वाधीनता, जनतन्त्र,आम मुक्तिका कुरा, सहिद, घाइते, बेपत्ता, अस्तव्यस्त कार्यकर्ता, अन्यायमा चपेटिएका बर्ग, जात, धर्म, लिङ्ग, क्षेत्रका पीडित जनताको चित्कार तपाईंको डायरीबाट हराएका त होइनन् ? ती सबै सबै नीजि स्वार्थका लागि भ¥याङ् त बनेका छैनन् ? यो एकता स्वार्थको लागी होइन भन्ने कुरामा तपाईंको स्पष्ट धारणा जान्न सुन्न पाउनु हाम्रो अधिकार हो । नेकपाको एकताले देश र जनतालाई अनिर्णयको बन्दी बनाउन कुचेष्टा मात्रै गरिएको खण्डमा नसोचेको परिणाम भोग्नु पर्नेछ ।
प्रिय सुप्रिमो, जब म केही कुरा बुझ्ने भएँ, म असाध्यै दुखी भएँ । दुखी यसकारण भए कि, एउटै देशको दुई खाले शिक्षा नीति, स्वास्थ र रोजगारबाट बिमुख श्रमजीवी बर्ग चिने । दिनभरि काम गर्नेहरूले पटुकीले भोको पेट कसेको हेरे । रु. सय ऋण सापटी दिएर दस हजारको तम्सुक लेख्ने र गैर्ही खेत कब्जा गर्ने, लैनो भैंसी फुकाउनेहरु पनि देखे । वैदेशिक रोजगारमा गएका छोराछोरी गुमाएका असहाय बृद्दबृद्दा पनि देखे, अनि टुहुरा लालाबाला नि देखे,त्यसपछि म बेस्सरी दुखी भए । म भन्दा केही ठूला उमेरका दिदीहरुको पढ्ने बेलामा बालविवाह भएको मैले आफैले देखे, हजुरआमा आमाहरुले खुट्टा धोएर पानी खाएको देखे । आमा र बाका छुट्टाछुट्टै भान्सा पाकेको देखे । श्रीमानले श्रीमती लाई गोरु चुटाइ गरेको देखे । एउटी नारी सिङ्गो जीवन कहिले माईती,कहिले घर,कहिले श्रीमान र कहिले छोराछोरीको लागी मात्रै बाँचेको कुरा बुझेँ । उनी आफ्नो लागि ज्युँदै मरेको थाहा पाएँ, म सारै दुखी थिएँ । यसैगरी श्रम र सीपका धनी दमाईदाइ, सार्र्कीदाइ, दमिनी आमाहरुसित अछुतो बारेको देखेँ । मान्छेले मान्छेलाई अपमान गरेको महशुस गरेँ, म झनै दुखी भएँ । मेहनतीहरु झन पछी झन गरिबीले चपेटिएको देखे, ठगहरु मौलाउँदै गएको देखेँ । भाग्यमानीको परिभाषामा पिडकहरु बहुलाएको देखेँ । धुर्तहरुलाई चैन र साधुहरुलाई ऐन भन्ने पनि थाहा पाएँ । कति हो कति अमानवीय व्यवहारका श्रृङ्खलाहरु देखेँ ।
म सुखी हुन धेरै प्रयत्न गरेँ, यद्यपि जनयुद्धको विकल्प मेरो दिमागमा आएन । हरेक उत्पीडनबाट मुक्ति पाउन र हुन सम्भव छ, राष्ट्रिय स्वाधीनता सम्भव छ भन्दै तपाईं (प्रचण्ड) ले आफ्नो नेतृत्वमा जनयुद्धको थालनी गरेको कुरा बिस्तारै सुन्नमा आयो । मालेमावादको जगमा संचालित जनयुद्धले म जस्ता हजारौंको भावनालाई सम्बोधन ग¥यो पनि । जनयुद्धको कारण एकातिर अमानवीय व्यवहारहरु क्रमिक रूपमा कमजोर हुँदै थिए, अर्काेतिर जनयुद्ध सही साबित हँुदै थियो । प्रचण्ड क्रान्ति नायकका रूपमा विश्वभर स्थापित नाम थियो । धेरै बिद्रोही मनमा सधैं शासकबाट पीडित हुनुभन्दा मृत्यु रोज्न तम्तयार हुने बानीको विकास भैसकेको थियो । तिहारका पटका बोकेर प्रहरी चौकीमा आक्रमण गर्ने हिम्मतीला जनसेना थुप्रै आधुनिक हातहतियारले सुसज्जित बनीसकेका थिए । केन्द्रिय एकात्मक सत्ता र सरकारको विरुद्धमा जनसत्ता र जनसरकार सुदृढीकरण हुदैथियो । गाउँ देखि सहर घेर्ने पार्टीको रणनीति सफलीभुत हुँदै गर्दा ढाडमा टेकेर टाउकोमा हान्दै गरेको बेला मैले प्रचण्डपथबाट ‘प्रचण्डवाद’ तिर छलाङ्ग मार्ने प्रचण्ड अख्तियारीको व्यग्र प्रतीक्षा गरिरहेकी थिएँ ।
तथापि प्रचण्ड कमरेड ! तपाइबाटै आवश्यकताको बेलीबिस्तारसहित जनयुद्धलाई यूटर्न गराइयो, हामी भयौं पनि । विधि फरक हुन सक्ला, जननिती पास हुनेछ भन्ने तपाइप्रति कार्यकर्ताले विश्वास गर्नुपर्ने अवस्था थियो । मुखमा चुनाव,मनमा क्रान्तिको तयारी, प्रधानमन्त्रीको रुपमा बालुवाटारको बसाइ दुश्मनको बंकरमा छिरेर अन्तिम र निर्णायक युद्धको तयारी भन्ने सम्मका कुरा आए । त्यसै अनुसार नीति अख्तियार भएको भनियो, पत्याउनै प¥र्याे पत्याईयो । देशमा हुन सक्ने क्षति न्यून गर्ने, वैदेशिक हस्तक्षेपलाई रोक्ने र नेपाल लाई पुर्ण लोकतन्त्र सहितको गणतान्त्रिक राष्ट्र घोषणा गर्ने भन्ने कुरा सुन्दा कान पनि पबित्र भए जस्तो लाग्यो ।
पछिल्लो पार्टी एकताले पनि दङ्ग पा¥यो । शुरूवातमा माओवाद वर्बाद, पछि माक्र्सवाद लेनिनवाद वर्बाद्, अन्तमा नेकपा नै वर्बाद्को अवस्थामा छ । आजको दिनसम्म आईपुग्दा यी पवित्र कानहरु नेकपा भनेको सुन्दा लाजले भुतुक्कै हुन्छन् । प्रचण्डवाद भोग्ने इच्छा भएकी मलाई कतै प्रचण्ड बर्बाद् भनेर सुन्नुपर्ने त होइन ? हिजो आज त यो कुराको पो डर लाग्दैछ ।
म पूर्ववत रूपमा प्रचण्ड कमरेडलाई सप्रिमोको भूमिकामा देख्न चाहान्छु । करोडौं जनता पनि यही चाहना राख्दछन् । तपाईंको कार्यकालको अन्तमा आईपुग्दा पनि हामीले आदिम साम्यवादी समाज र युगलाई पुनः पढ्न पर्नेभो । त्यसकारण छोटकरी मात्र भनेकी छु । आदिम साम्यवाद, समाजको पूर्व अवस्था बारे अध्ययन गर्दै गर्दा धेरै कुरा थाहा हुन आउँछ । नीजि स्वार्थ, भौतिक विलासिता, पद, प्रतिष्ठा, पैसा जस्ता गलत चिन्तन र अवधारणाको विकास त्यो बेलामा भएको थिएन । यसकारण आदिम साम्यवादी समाजमा विभेद थिएन भन्दा अनुचित नहोला । मानिसहरू जङ्गलमा गुफा, ओढार खोजेर बस्थे,रुखका बोक्रा, पातलाई कपडाको रुपमा प्रयोग गर्दथे । वनका कन्दमुल काचो मासुलाई भोजनका रुपमा खाने गर्दथे । ढुङ्गामुढाको सहायताले सुरक्षाको सुनिश्चितता गर्दथे । न त बाटो घाटो थियो ,न त सवारी साधन हरु नै थिए । न त अजङ्ग महल थिए,न त चौरासी व्यन्जन थिए । न त स्कुल कलेज थिए, न त बुद्धीजिवीहरु थिए । न त माक्र्स एङ्गेल्स थिए, न त कमाउनिष्ट हरु नै थिए । न त अमेरिकी हरु थिए, न त एमसीसी थियो त्यहाँ । हिटलर, राणा, शाह, मोदी कोहि कोहि थिएनन् । अनि अब्राहम लिंकन लेनिन, माओ, बुद्ध कोही पनि थिएनन् । अनि त्यहाँ बर्ग, जात, लिंग क्षेत्र पनि घुसेकै थिएन । आदिम साम्यवादी समाज विकसित पक्कै थिएन होला, निश्चित र आनन्दित भने रहेछ । जब कि आजको सत्ताका मानिसहरु सभ्यताको नाउँमा जनता र प्रकृतिको दोहन गर्दै महाविपत्तीको दिशामा अघि बढदैछन् । सामान्य रुपमा हामीलाई हेक्का छ कि सडक, महल, सरकार, सत्ता, पद, प्रतिष्ठा, पैसा, भौतिक बिलासिता विना पनि हाम्रो जीवन सम्भव छ । अर्को शब्दमा क्रान्तिले नयाँ रुपमा निरन्तरता पाउनेछ ।
अब कामरेड प्रचण्डसँग अन्तरमनको अर्को जिज्ञासा छ । यो सरकारले गरेको गल्ती कमजोरी र बदनामीकोे साक्षी मात्रै बस्ने कि नेपालीको मनमनमा बस्ने ? रोजाइ तपाईंको । रुपान्तरण तपाइबाटै देखिनुपर्दछ । हिजोका माओबादीसहित सबै अग्रगामीहरुको अभिभाकत्व गर्न मानसिक रुपमा तयार हुनुहोस् । क्रान्तिका नायकका रुपमा तपाईंलाई सोलुट हान्न पाईरहने मेरो इच्छामा धोका नहोस् । यही शुभेच्छा सहित पुनः परिवर्तनको नेतृत्व गर्नुस् शुभकामना छ ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार ११:१० मा प्रकाशित






























