back
CTIZAN AD

चन्द्र ढकाल प्यानललाई सुदूरपश्चिमका ३ दर्जन जिल्ला अध्यक्षको साथ

वि.सं.२०७७ कात्तिक २३ आइतवार

624 

shares

२३ कार्तिक,कैलाली । नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिमका ३ दर्जन जिल्ला अध्यक्षहरुले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका चन्द्र ढकाल प्यानललाई साथ दिने भएका छन् ।कैलालीमा भएको एक चुनावी कार्यक्रम स्थलमा उपस्थित जिल्ला अध्यक्षहरुले उक्त प्रतिबद्धता गरेका हुन् ।

काठमाडौंबाट नेपालको सुदुर पश्चिम अर्थात् धनगढी पुग्दा धेरैजसो उद्योगी व्यवसायीको एउटै गुनासो थियोः “हामीले धेरै व्यक्तिलाई भोट दिएर नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनायौं तर आफ्ना समस्या सम्बोधन गर्ने नेतृत्व पाएनौं ।” तर आइतबार धनगढी एयरपोर्टमा नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी र महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल विमानस्थलमा ओर्लिदा, त्यस क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएका थिए ।

ढकाल प्यानलको चुनावी कार्यक्रम स्थल होटल फ्लोरामा सयौं उद्योगी व्यवसायी उपस्थित भएका थिए । सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एकै स्वरमा भने “हामीले डेढ दशकपछि साना, मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्ने व्यक्ति पाएका छौं, त्यसले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।”

कैलालीको धनगढीमा आयोजित कार्यक्रमा ३० भन्दाबढी जिल्लाका नगर अध्यक्षहरुले समर्थन गर्दै जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका निमित्त पनि अबको निर्वाचनमा चन्द्रप्रसाद ढकाल प्यानललाई मतदान गरी जिताउनुको विकल्प नरहेको बताए । उनीहरुले महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रिय सदस्य किशोर आचार्यको सवारी दुर्घटना पश्चात ढकालले दिनरात खटिएर गरेको उद्धारको प्रशंसा गर्दै अबका दिनमा जिल्लानगरका समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए ।

चुनावी कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले जिल्ला नगरका समस्या संबोधनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल प्यानललाई निर्विकल्प जिताउनु पर्ने बताए । ‘अहिले केही साथीहरु महासंघभित्र शुद्धीकरण र शुदृढीकरण जस्ता नारा लिएर चुनावी मैदानमा होमिएका छन्,’ उनले अहिलेका महासंघका नेतृत्वप्रति इंगित गर्दै भने, “आफु अशुद्ध हुने जिल्लानगरका साथीहरुलाई समस्या पर्दा फोन नउठाउने, स्वीच अफ गर्ने अनि अहिले शुद्धीकरणको नारा लिएर हिड्ने ?”

कार्यक्रममा उपस्थित ३० जिल्ला भन्दा बढीका जिल्ला नगरका अध्यक्षहरुले आफ्ना हकहितका लागि पनि अबका दिनमा जिल्ला नगरका साना उद्योग व्यवसाय देखि ठूला कर्पोरेट हाउससम्म सफलतापूर्वक संचालन गर्दै आएको र सरकारसँग आफ्ना समस्या समाधानका लागि पनि उत्तिकै लविङ गर्न सक्ने वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र जिल्लाका हरेक समस्यासँग जुध्दै आएका जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलाई जिताउनुको विकल्प नरहको भन्दै सबैलाई उहाँहरुको पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले महासंघको नेतृत्व लिने व्यक्ति स्टेक होल्डर हुनुपर्ने र आफू त्यसको लागि तयार रहेको बताए । “कार्यक्रममा मैले यहाँहरुका गुनासाहरु सुने धेरैलाई जिताएर पठायौं तर हाम्रा समस्या सम्बोधन भएन भन्नुभयो”, ढकालले भने, ‘मेरो आफ्नै पनि ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको छ । तसर्थ, मलाई जिताएर पठाउनुस तपाईहरुसँग हातेमालो गर्दै समस्या समाधानका लागि सारथीको रुपमा अघि बढ्नेछु ।’

आफुले पनि जिल्लास्तरमा शून्यबाट व्यापार व्यवसाय सुरु गर्दै अहिले एक कर्पोरेट हाउसको रुपमा स्थापित हुन सफल भएको जानकारी दिँदै सो क्रममा आफुलाई जिल्ला नगरका साथीहरुको हरेक समस्या थाहा भएको र त्यसलाई समाधान गर्न पहल गर्ने प्रतिवद्धता जाहेर गरे । कोरोना संक्रमणका कारण यस अघिको भेट नै झण्डै अन्तिम भेट भएको बताउँदै आफुले कोरोनालाई जितेर दोस्रो जीवन पाएको उक्त समय व्यावसायीक हतहितकै लागि लगाउने समेत बचनबद्धता जाहेर गरे ।

यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले यस अघि सो पदमा बस्तुगत वा एशोसिएट्तर्फका साथीहरुलाई जिताउँदा आफुहरुले धोका पाएको बताउँदै अब जिल्ला नगरबाटै प्रतिनिधित्व गर्ने व्यक्तिलाई उपाध्यक्षमा जिताउन अपिल गरेका थिए ।

‘अहिले पनि महासंघको विधानमा जिल्लानगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, ‘अबका दिनमा जिल्लानगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’

यसैगरी कार्यक्रमका सभापति महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको साख जोगाउनका लागि पनि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए । ‘यस अघि अध्यक्ष भएका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नु भयो त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्दै उने भने, ‘अहिले जिल्ला नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी २ दशकदेखि जिल्ला नगरकै साथीहरुको समस्यासँग जुध्दै आउनु भएको र चन्द्र ढकालको पनि ७७ वटै जिल्लामा आफ्ना व्यापार व्यवसाय फैलिएका कारण अबका दिनका यो टीमले सबैलाई समेटेर अघि बढ्नेछ ।’ अहिले कतिपय महासंघका नेतृत्वहरु फेसवुक तथा ट्वीटरमा ठूला कुरा गर्ने तर व्यवसायीलाई समस्या पर्दा फोन स्वीचअफ गरेर बस्ने गरेको बताउँदै जिल्ला नगरका साथीहरुको समस्या सम्बोधनका लागि पनि ढकाल प्यानललाई जिताउनु अपरिहार्य रहेको उनको भनाई थियो ।

कार्यक्रममा विभिन्न ३० जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षका साथै कर्णाली प्रदेशकै राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार रेग्मी, दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्ना, वैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादूर चन्द, कंचनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादूर मल्ल, डडेलधुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्ट, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, टिकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादूर भण्डारी लगायतले जिल्ला नगरका समस्या समाधान गर्नका लागि पनि अबको आसन्न निर्वाचनका ढकाल प्यानललाई जिताउनुको विकल्प नरहेको बताएका थिए । साथै उनीहरुले ढकाल नेतृत्वको टीम माथि जिल्ला नगरका उद्योग व्यवसायीको आशा र भरोसा रहेको भन्दै उक्त टीमलाई विजयी गराउन आफुहरु पछि पर्न नहुने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य डिवी वस्नेत तथा महासंघका कोषाध्यक्ष निरक केसीले समेत अहिलेको अवस्थामा सबै पक्षको मिश्रण भएको समावेशी टीम ढकाल प्यानल रहेको भन्दै मतदान गरी विजयी गराउन आग्रह गरेका थिए ।
यसैगरी कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादूर राउत, मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढा, बाजुरा उद्योग वाणिज्य संघका अध्यक्ष देवबहादूर रोकाया, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कठायत, रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पहलबहादूर खड्का, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादूर चौधरी, जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार, चन्द्रौटा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष जम्सेद अलि, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारी, गैडाकोट उद्योग वाणिज्य संघमा अध्यक्ष अमृत भट्टचन, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष ताराप्रसाद घिमिरे, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्धबहादूर खत्री, थाहानगर उद्योग वणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायत ३० भन्दा बढी जिल्ला अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:०० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...