back
CTIZAN AD

ओली–नेपाल भेटवार्ता, आफुँलाई सहयोग गर्न ओलीको आग्रह

वि.सं.२०७७ कात्तिक २३ आइतवार

738 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहित उनी पक्षीय नेतासँग छलफल गरेका छन् । आइतबार ओलीले नेपाल सहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेतासँग छलफल गरेका हुन् ।

बालुवाटारमा झण्डै डेढ घण्टा चलेको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल पक्षसँग सहकार्यको प्रस्ताव राखेको छलफलमा सहभागी एक नेताले बताए । उनका अनुसार आफुँ अप्ठ्यारोमा परेको भन्दै सहयोग गर्न माधव पक्षसँग आग्रह गरेका थिए ।

जवाफमा नेपाल पक्षले कुनै ठोस प्रस्ताव ल्याउन आग्रह गरेका छन् । छलफलमा नेता नेपालले पार्टी एकता जोगाउने गरि खाका बनाउन ओलीलाई आग्रह गरेका थिए । नेता नेपालले पहिलो अध्यक्ष भएको कारण बढि जिम्मेवार भएर निर्णय लिन आग्रह गरेका थिए ।
भेटमा कुनै निष्कर्ष भने ननिस्किएको बताएको छ ।

यसअघि शनिबार मात्रै पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकका लागि ओलीलाई लिखित पत्र बुझाएका थिए । उनीहरुले बैठक बोलाउन ४८ घण्टे अल्टिमेटम पनि दिएका थिए ।

अल्टिमेटम दिएको भोलीपल्ट ओलीले नेपाल पक्षसँग छलफल गरेका हुन् ।

सम्बन्धित समाचार

बालुवाटारमा माधव नेपालसहितका नेतासँग प्रधानमन्त्री ओलीको बेग्लै छलफल

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:०१ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...