back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक २३ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २३ आइतवार

750 

shares

२३ कात्तिक, काठमाडौं । नेपालमा आइतबार ९ २३ कात्तिक ० सम्म पिसीआर प्रविधिबाट १५ लाख ४० हजार ७७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १२३११ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३५, ४१९ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,२२२ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार १९७ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३९८ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा ७, बागमती प्रदेशमा १८०,गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ५७, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा १५ जना गरी जम्मा ३९८ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १५ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १७ जना र लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिममा २ जना गरी ८२ भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ११४९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका २८१७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । साथै आज २८१२ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।

आज २१ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।

आज देशैभरी २८१७ जनामा कोरोना संक्रमण, उपत्यकामा १५३३ जना थपिए
नेपालमा आज काठमाडौं उपत्यकाका १५३३ जनासहित देशैभरी २८१७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १६२ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ९, ओखलढुंगामा ३, खोटाङमा ५, झापामा ५६ , तेह्रथुममा ८, ताप्लेजुङमा १ पाँचथरमा ४, भोजपुरमा ३, मोरङमा १५५, संखुवासभामा ३, धनकुटामा ३, मोरङमा र सुनसरीमा ७३ र सोलुखुम्बुमा २ गरी प्रदेशमा आज ३३० जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २७, पर्सामा ६, बारामा ७, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा १६, सर्लाहीमा ५ र सिराहामा ९ जना गरी प्रदेशमा आज ७४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२९४, काभ्रेपलान्चोकमा १८, चितवनमा १५२, दोलखामा १४, धादिङमा १५, नुवाकोटमा ५, भक्तपुरमा ७७, मकवानपुरमा १७, रामेछापमा ५, ललितपुरमा १६२, सिन्धुपाल्चोकमा २१ र सिन्धुलीमा १४ जना गरी प्रदेशमा आज १७९४ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८४, गोरखामा ८, तनहुँमा २२, नवलपरासीपूर्वमा ८४, पर्वतमा ६, मुस्ताङमा ४, म्याग्दीमा ६, लमजुङमा १८, बागलुङमा ५ र स्याङजामा ६ जना गरी प्रदेशमा आज २४२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ५, दाङमा ९८, नवलपरासीमा ९, पाल्पामा १३, प्युठानमा २, बर्दियामा १२, बाँकेमा ६८, रुकुमुपूर्वमा १, रुपन्देहीमा ६९ र रोल्पामा ३ जना गरी प्रदेशमा आज जम्मा २९८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ६, जुम्लामा १, दैलेखमा २, रुकुमपश्चिममा ४ र सुर्खेतमा ७ र गरी प्रदेशमा आज २० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ५, कैलालीमा २९, डडेल्धुरामा ३, बाजुरामा १, कन्चनपुरमा १२ र बझाङमा ९ जना गरी प्रदेशमा आज ५९ जना थपिएसँगै देशैभरी २८१७ जना संक्रमति थपिएका हुन् । जसमा महिला ११६६ र पुरुष १६५१ जना रहेका छन् ।

आज थपिएका २८१७ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

आज २८१२ जना कोरोना संक्रमणबाट मुक्त भए
पछिल्लो २४ घण्टामा देशैभरी २८१२ जना कोरोना संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २८१२ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २८१२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८१ प्रतिशत हो ।

हेर्नुहोस् यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:१३ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...