back
CTIZAN AD

फोटो पत्रकार वन्त अब मोडलिङमा पनि

वि.सं.२०७७ कात्तिक २३ आइतवार

681 

shares

२३ कार्तिक, काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हालेका छन् । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । आफ्नो कामलाई विशेष महत्व दिने, सबैलाई समान व्यवहार गर्ने वन्त आफैमा एउटा सफल व्यक्तित्वका रुपमा समेत परिचित छन् ।

विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका एमडि समेत छन् । फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, फोटो पत्रकारको हक हित र अधिकारका लागि सधै लड्दै आएका वन्त पहिलो पटक कलाकारिता तर्फ समेत लागेका थिए ।

गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्धारा पहिलो पटक निमार्ण गरिएको ‘परदेशिको पिडा’ नामक म्यूजिक भिडियोको विमोचन कलाकार तथा निदेशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सिता न्यौपाने पाठक, वरिष्ठ कर्पोरेटसेफ कुमार चालिसे लगयातले संयुक्त रुपमा विमोचन गरेका थिए ।

गायक विनोद दनुवारले स्वर दिएको गीतको भिडियोमा फोटापत्रकार प्रदीपराज वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ । गीतको श्रव्य दृश्य सामग्री (भिडियो) नविनबाबु गरुङको निर्देशन तथा छायाङकन रहेको छ । यस्तै, सहायक निर्देशनमा रेजीना तुलाधरले सहयोग गरेका छन् । साथै सम्पादन नविन निरौलाको रहेको छ ।

आफूले पनि कलाकारिताको क्षेत्रमा केही न केही योगदान गर्न सक्छु भन्ने मान्यताका साथ आफू यस क्षेत्रमा आएको गीतका मोडल वन्तले जानकारी दिए ।

आफूले पाएको अवसरलाई पूर्ण रुपमा सदुपयोग गरेको र आगामी दिनमा पनि सिजन इन्टरटेनमेन्टका तर्फबाट आम रुपमा रुचाइने सामग्री प्रस्तुत गर्ने उनको भनाइ छ ।

फोटोपत्रकारिता पनि कलाको एउटा रुप भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको भन्दै वन्तले नेपाली शैलीका गीत र संगतिलइृ प्रश्रय दिने उल्लेख गरे । आफूले पहिलो पटक गरेको प्रयासलाई स्वीकार गर्दै यसमा भएका कमी कमजोरीलाई आगामी दिनमा सच्याउने समेत उनको भनाइ छ ।

उनले आफूलाई अवसर दिने सबैप्रति धन्यवाद दिँदै आगामी दिनमा सक्रियताका साथमा गीत संगीतको क्षेत्रमा समेत क्रियाशिल हुने बताए ।

उक्त कार्यक्रममा सिजन मिडियाद्धारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो ।

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:१९ मा प्रकाशित

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...