back
CTIZAN AD

सङ्क्रमणबाट सल्यानमा पहिलो पहिलोपटक एकजनाको मृत्यु

वि.सं.२०७७ कात्तिक २३ आइतवार

699 

shares

२३ कात्तिक, सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो ।

केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ लगिएको थियो । उजको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको र कोहोलपुरमा स्वाब सङ्कलन गरेर अस्पतालमा भर्ना गरिएको भोलिपल्ट नै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । उनको मृत्यु भइसकेपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति रिखाराम पुनले जानकारी दिए ।

कोरोनाबाट सङ्क्रमितको मृत्यु भएपछि जिल्लाको ठूलो व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ । श्रीनगरमा रहेका केही व्यापारीहरुमा समेत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखापरेपछि र मृतक व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरु र उपचारमा संलग्न व्यक्तिहरुको स्वाब सङ्कलन गरी पिसिआर रिपोर्ट नआउँदासम्मका लागि बजार सिल गरिएको शारदा नगरपालिका–१ का वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।

तिहार नजीकै आइरहेको बेला बजारमा अत्यधिक भीडभाड बढिरहेको र समुदायमा कोरोना सङ्क्रमण हुने खतरा रहेकाले बिहानको समयमा मात्रै बजार खोल्ने व्यवस्था गरिएको वडाध्यक्ष बुढाथोकीले जानकारी दिए । “तिहार नजीकै आइरहेको छ बजारमा किनमेल गर्नेहरुको भीडभाड अत्यधिक बढेको छ, कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न सबैमा अनुरोध गर्दछु”, अध्यक्ष बुढाथोकीले भने ।

हालसम्म सल्यानमा ५५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार, ५०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किसकेका छन् भने ४३ जनाको जिल्लाका विभिन्न ठाउँमा होम आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना स्रोतव्यक्ति पुनले जानकारी दिए । (रासस)

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:३३ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...