back
CTIZAN AD

ओलीजी, सधैँभरि यो दम्भ, कुर्सी, झूट र हठमात्रै कति पालिरहने ?

वि.सं.२०७७ कात्तिक २३ आइतवार

918 

shares

यतिसम्म कि ओमानको नेपाली दूतावासले सरकारी मूल्य दोब्बरभन्दा बढ़ी रहेको भन्दै आफैले सस्तोमा जहाजको व्यवस्था गर्यो । तपाईंलाई लाज लाग्नुपर्ने थियो । तपाईंको दल या गुटका राजदूत भएको ठाउँमा सरकारी मूल्य सदर भयो । अदालतको आदेश समेत लत्याउँदै मजदुरलाई चुस्नुसम्म चुसेर त्यसलाई तपाईंले उद्धार भन्नुभो ।

यसबीच सर्वोच्च अदालतले सरकारलाई दुईवटा महत्त्वपूर्ण आदेश दिएको थियो ।
१) विदेशमा अलपत्र कामदारलाई तिनैले तिरेको कल्याणकारी कोषबाट बेहोर्ने गरी निःशुल्क उद्धार गर्न, र
२) सरकारको संवैधानिक दायित्व भएकाले महामारीमा निःशुल्क उपचार गर्न ।

पहिलोमा के भयो भन्ने त जगजाहेर नै छ । निःशुल्क त छोड्नुस्, बेला यही हो भन्ने ठानेर कमिशनको चक्करमा १५ हजार पर्ने टिकटको मूल्य ४५ हजार तोकियो । यति ग्रुपको हिमालयन एयरलाइन्सलाई नाफ़ा भयो होला, तर हजारौं नेपाली मजदुरले आँसुको घुट पिउँदै बसे । यतिसम्म कि ओमानको नेपाली दूतावासले सरकारी मूल्य दोब्बरभन्दा बढ़ी रहेको भन्दै आफैले सस्तोमा जहाजको व्यवस्था गर्यो । तपाईंलाई लाज लाग्नुपर्ने थियो । तपाईंको दल या गुटका राजदूत भएको ठाउँमा सरकारी मूल्य सदर भयो । अदालतको आदेश समेत लत्याउँदै मजदुरलाई चुस्नुसम्म चुसेर त्यसलाई तपाईंले उद्धार भन्नुभो ।

दोस्रोमा त निःशुल्क उपचार गर्ने आदेश बदर गरिपाऊँ भन्दै तपाईं आफै अदालत जानुभएको होइन ? अस्तिमात्र अदालतले दोहऱ्याएर निःशुल्क उपचार गर्नु संवैधानिक दायित्व रहेको सम्झाएको होइन ?

मिडियामा चाहिँ शुल्क लिने निर्णय नै भएको छैन भनेर बोल्ने ? आफैले लेखेको संविधानले निःशुल्क उपचार गर्नु भनेको छ । तपाईंकै दलका सांसददेखि विपक्षीसम्मले निःशुल्क उपचार गर्नुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतले निःशुल्क गर्नु भन्ने दोहोऱ्याएर आदेश दिएको छ । तपाईं चाहिँ आदेश नै बदर गर्नुपर्ने भन्दै अदालत पुग्नुहुन्छ । हस्पिटलहरूले शुल्क असुली रहेका छन् । धरौटी बुझाउने पैसा नभएर हस्पिटलसम्म पुग्न नसक्ने कति छन् । तर तपाईं कहिले निर्णय नै नभएको भन्नुहुन्छ, कहिले लाचार भएको स्वघोषणा गर्यो भने निःशुल्क उपचार हुन्छ भन्नुहुन्छ । उता सिफारिशकै पैसा तिरेर पनि उपचारको पैसा छुट नहुनेहरू छन् ।

तर तपाईंमा नागरिकको त्यो पीड़ाप्रति कुनै ग्लानि र संवेदना देखिन्न । सरकारी निर्णय र हस्पिटलका धरौटी वाला सूचनाले आम नागरिकमा परेको असुविधा, सङ्कट र असहजतामा तपाईंलाई कुनै दुःख देखिएन । तपाईंको एकमात्र दुःख त त्यही प्रधानमन्त्रीको कुर्सी हो भन्ने देखियो । कुर्सी अलिकति हल्लिएको हो कि जस्तो लाग्नेबित्तिकै तपाईंले मिडिया घरमैं बोलाएर लामो प्रवचन दिनुभो !  सड़कमा भोका नागरिकलाई खाना पस्किनेहरूप्रति सस्तो व्यङ्ग्य गर्नुभो । बड़ो शानसँग पार्टी प्यालेस दिन्छौं भन्नुभो, तर कोही भोको छ भने खाना दिन्छौं भन्न सक्नुभएन । शहरको इज्जतको कुरो गर्नुभो तर आफ्नै इज्जत दाउमा राखेर एकछाक खानाका लागि सड़कमा लाइन लाग्न बाध्य हुनेहरू प्रति कुनै संवेदना तपाईंमा देखिएन । तिनको पनि इज्जत र स्वाभिमानको कुनै मूल्य हुन्छ जस्तो तपाईंलाई लागेन । सर्प पाल्ने पैसा बाँड्नुको साटो हिजो पार्टी प्यालेसमा खाना बाँडेको भए सड़कमा लाइन लाग्न को जान्थ्यो र ? अनि नि ओलीजी, पार्टी प्यालेसमा चम्चा र काँटासहित खाना बाँड्ने हो भने त सड़कमा खान बाध्यको पालो कहिल्यै आउँदैन । जाबो होली वाइन चाख्न त सिङ्गो देश लाइन लागेको थियो । पार्टी प्यालेसमा आधा काठमाडौं लाइन लाग्यो भने के हुन्छ ?

ओलीजी, सधैँभरि यो दम्भ, कुर्सी, झूट र हठमात्रै कति पालिरहने ?

वि.सं.२०७७ कात्तिक २३ आइतवार १८:५७ मा प्रकाशित

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

कन्सल्टेन्सी सञ्चालन गर्न २५ लाख अनिवार्य धरौटी : सही कि गलत ?

हाल सरकारले ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन...

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

के दश वर्ष मै सामाजिक तथा राजनीतिक परिवर्तन हुन सक्छ ?

१.पृष्ठभूमि आधुनिक सामाजिक विज्ञानले देखाउँछ कि मानिसको आचरण, धर्मीय दृष्टिकोण...

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

निलो बस: महिला सुरक्षा कि रङको राजनीति?

नेपालीहरूको एउटा अनौठो स्वभाव छ। कसैले राम्रो काम गर्न खोज्यो...

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मानले समाजमा कस्तो प्रभाव पर्छ ?

आत्मसम्मान भनेको व्यक्तिको आफ्नै मूल्य वा व्यक्तिगत मूल्यको व्यक्तिपरक मूल्याङ्कन...

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

नक्कली कम्युनिस्ट नेता सक्कली जस्तो कसरी देखिने?

के तपाईं भित्री रूपमा कट्टर आस्तिक हुनु हुन्छ बाहिरी रूपमा...

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...