back
CTIZAN AD

नेपाली गलैँचा र हस्तकला युरोपमा प्रबर्द्धन गर्न आग्रह

वि.सं.२०७७ कात्तिक २३ आइतवार

696 

shares

२३ कार्तिक, काठमाडौं । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज लगानी विस्तार तथा आर्थिक कूटनीतिको प्रवद्र्धन गर्ने विषयमा छलफल भएको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरलगायत वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी प्रवद्र्धन गर्नु पर्ने बताए ।

अध्यक्ष मोरले वैदेशिक लगानी भित्र्याउनका लागि प्रक्रियागत झण्झट र कानूनी अवरोधलाई सहज बनाउनका लागि परिसंघले पहल गरिरहेको जानकारी दिँदै सरकारबाट समेत सकारात्मक सहयोगको अपेक्षा गरिएको बताए। उनले नेपाल र बेल्जियमबीच सुसम्बन्ध रहँदै आएको बताउँदै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाई नेपाली ऊनी गलैँचा र हस्तकलाका वस्तुको निर्यात व्यपारलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

बेल्जियम र युरोपेली सङ्घमा आबद्ध राष्ट्रमा नेपालका धार्मिक, सांस्कृतिक र पर्यटनको गन्तव्यस्थललाई उजागर गर्ने प्रकारका कार्यक्रम र प्रचारात्मक सामग्रीका माध्यमबाट नेपालमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि पहल गर्न समेत अध्यक्ष मोरले सुझाव दिए ।रासस

वि.सं.२०७७ कात्तिक २३ आइतवार १९:१२ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...