back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २२ शनिवार

714 

shares

२२ कात्तिक, काठमाडौं । नेपालमा शनिबार (२२ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १५ लाख २७ हजार ७७६ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,४२३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,५१५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २८ हजार ९२० रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३६५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४४, प्रदेश २ मा ८, बागमती प्रदेशमा १६३, गण्डकी प्रदेशमा ८०, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३६५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १५ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनी प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा १ गरी जम्मा ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ र रुपन्देही गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ११४४ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र बाजुरा रहेको छ ।

त्यस्तै आज थपिएका २७५३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । साथै आज २२०६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ ।

आज १७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

आज देशैभरी २७५३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १५१२ जनासहित देशैभरी २७५३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १२९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेजुङमा १, तेह्रथुममा ३, भोजपुरमा ३, धनकुटामा ४, मोरङमा २४५, संखुवासभा ३, सुनसरीमा १३३ र सोलुखुम्बुमा २ गरी प्रदेशमा ४९४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १० र सिराहामा १४ जना गरी प्रदेशमा आज ७७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १२९४, काभ्रेपलान्चोकमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवामा ४, रामेछापमा ४, ललितपुरमा १४१, सिन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ३ जना गरी प्रदेशमा आज १६९९ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुमा १०, बागलुङमा ११ र स्याङजामा ९ जना गरी प्रदेशमा आज १३७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा १२, पाल्पामा २४, प्युठानमा ३, बर्दियामा १९, बाँकेमा २२, रुपन्देहीमा ८५ र रोल्पामा १६ जना गरी प्रदेशमा आज जम्मा २१८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३, हुम्लामा १, र सुर्खेतमा १ गरी प्रदेशमा आज २५ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १ र बझाङमा ५ जना गरी प्रदेशमा आज १०३ जना थपिएसँगै देशैभरी २७५३ जना संक्रमति थपिएका हुन् । जसमा महिला १०७७ र पुरुष १६७६ जना रहेका छन् ।

आज थपिएका २७५३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ ।

आज २२०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी २२०६ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २२०६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका २२०६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५५ हजार ११४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८१ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार ९२० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

जसमा प्रदेश १ मा ४५७० प्रदेश २ मा ९८५, बागमती प्रदेशमा १८,४८६, गण्डकी प्रदेशमा १७१०, लुम्बिनी प्रदेशमा २१८६, कर्णाली प्रदेशमा २९८ र सुदूरपश्चिम प्रदेशमा ६८५जना गरी २८ हजार ९२० जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६,५१५ जनाको उपचार भइरहेको छ ।

आज १७ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १७ जनाको मृत्यु भएको हो ।  आज थपिएका १७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २२ शनिवार १८:०० मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...