back
CTIZAN AD

१४ दिन पछि रिपोर्ट पोजिटिभ आए पनि लक्षण नदेखिए तनाव गर्नु पर्दैन

वि.सं.२०७७ कात्तिक २२ शनिवार

840 

shares

आयुर्वेद चिकित्सक डा प्रकाश ज्ञवाली १४ दिन पछि कोरोना रिपोर्ट पोजिटिभ आए पनि लक्षण नदेखिए तनाव गर्नु नपर्ने बताउँछन् । सामाजिक सञ्जालमार्फत उनले यस्तो जानकारी गराएका हुन् ।

धेरै जनाले मलाई रुघा खोकी र कोरोनामा फरकको बारेमा आफूसँग प्रश्न गर्ने गरेको बताउँदै उनले सामान्य रुघाखोकी, फ्लु र कोरोना लक्षणबारे जानकारीसमेत गराएका छन् ।

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्षसमेत रहेका ज्ञवालीले रुघाखोकी वा मौसमी फ्लु वा कोरोना जे भए पनि सुरुका ५ दिन अलि बढी सचेत हुन आग्रह गरेका छन् ।

सुरु देखि नै सचेत भए कोरोनाको संक्रमण जटिल हुन पाउँदैन र ७ देखि ९ दिनमा सहज हुन थाल्ने बताउँदै जेभएपनि सुरुमै दोधारमा नपरी कोरोना नै सम्झेर सचेत हुनुपर्ने उनको सुझाव छ ।
उनी भन्छन् :

धेरै जनाले मलाई रुघा खोकी र कोरोनामा फरकको बारेमा प्रश्न गर्नु भएको छ।
जांच गर्ने सुविधा भए त जाँचेर थाहा पाइ हालिन्छ। त्यो सुविधा नभए यहाँ भनेको कुरा मनन गर्नु होला। तर कहिले काँही नेगेटिभ आएर पनि कोरोना कै पूरा लक्षण भएका विरामी पनि मैले देखेको छु।
त्यसैले यसको बारेमा यसरी बुझ्दा बढी उपयोगी हुन्छ भन्ने लाग्यो।
प्रारम्भिक लक्षण दुबैको समान देखिए पनि कोरोनामा जिउ बढी गल्ने, कमजोरी महसुस हुने, कतिपय अवस्थामा स्वाद, गन्ध हराउने र ज्वरो अलि बढी दिन आउने हुन्छ। खास गरी व्यवस्थापनमा चनाखो भए पछि उपचारमा सहज हुन्छ। त्यसैले रुघाखोकी वा मौसमी फ्लु वा कोरोना जे भए पनि सुरुका ५ दिन अलि बढी सचेत हुनु पर्छ। झोलकुरा प्रसस्त खाने, आराम गर्ने, तनाव नलिने, उच्च मनोबल कायम गर्ने, पोषिलो खानेकुरा खाने, आयुर्वेद जडीबुटी को नियमित सेवन गर्ने।
सामान्य रुघाखोकी, फ्लुमा ५ दिनमा सहज भै सक्छ। कोरोना भए कमजोरी बढ्ने र अन्य लक्षण देखिन सक्छ। तर यसरी सुरु देखि नै सचेत भएको कारणले कोरोना को संक्रमण जटिल हुन पाउँदैन र ७ देखि ९ दिनमा सहज हुन थाल्छ। त्यसैले दोधारमा नपरी कोरोना नै सम्झेर सचेत हुने। यसको प्रमुख फाइदा भनेको सामान्य रुघाखोकी, फ्लु वा कोरोना जे भए पनि व्यवस्थापन वा उपचार एउटै भएकोले अरु समस्या भए ५ दिन सम्म मै सहज भै हालिन्छ। कोरोना भए रोगको जटिल अवस्था मा पुगेर क्ष्ऋग्रख्भलतष्बितयच जाने अवस्था कम हुने र मृत्यु नै हुन बाट जोगिने हुन्छ।
१४ दिन पछि रोगका कुनै पनि लक्षण नदेखिएको तर जांच गर्दा पोजिटिभ आए तनाव गर्नु पर्दैन। अब रोगको कारणले कुनै समस्या आउँदैन। तर पोषिलो खानेकुरा र आयुर्वेद जडीबुटी सेवन गर्न नछोड्ने।
धेरै जसो २र३ हप्ता पछि पुरानै अवस्थामा फर्किन्छन। केही व्यक्तिलाई अलि बढी समय लाग्न सक्छ। मुख्य कुरा निमोनिया र अन्य जटिलता जोगाउनु हो। त्यसको लागि केही समय सचेत बन्नै पर्छ।
थप जानकारीको लागी नजिकको आयुर्वेद चिकित्सक वा आयुर्वेद स्वास्थ्यकर्मी वा अन्य चिकित्सक वा स्वास्थ्यकर्मी वा नजिकको स्वास्थ्य संस्था मा संपर्क गर्ने। नियमित रूप आयुर्वेद जडीबुटी सेवन गर्ने, योग प्राणायाम गर्ने। कोरोना लागेर मरिदैन, व्यवस्थापनमा हेलचेक्र्याइँ गरे भन्न सकिन्न।

वि.सं.२०७७ कात्तिक २२ शनिवार १८:२८ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...