back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक २१ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

678 

shares

२१ कात्तिक, काठमाडौं । नेपालमा शुक्रबार ( २१ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख १७ हजार ३४३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार १५३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३४ हजार ९०५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ४,९७३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ९३२ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३८० जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४३, प्रदेश २ मा ८, बागमती प्रदेशमा १६९, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६०, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिममा ८ जना गरी जम्मा ३८० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १२ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ४४ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनी प्रदेशमा ६ र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ८३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र गरी १३ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा १२५४ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।

त्यस्तै आज थपिएका २९०९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । साथै आज ४५०० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

आज १८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

आज देशैभरी २९०९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १३३८ जनासहित देशैभरी २९०९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १०३०, ललितपुरमा १८७ र भक्तपुरमा १२१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ७९ , ताप्लेजुङ २, तेह्रथुममा ६, भोजपुरमा ४, धनकुटामा ४, मोरङमा १२७ र सुनसरीमा ९५ गरी प्रदेशमा ३३३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २९, पर्सामा १४, बारामा ४, महोत्तरीमा १०, रौतहटमा १३, सप्तरीमा ११, सर्लाहीमा ५ र सिराहामा ३१ जना गरी प्रदेशमा आज ११७ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १०३०, काभ्रेपलान्चोकमा ७०, चितवनमा १२६, दोलखामा १२, धादिङमा १९ , नुवाकोटमा १३, भक्तपुरमा १२१, मकवानपुरमा ६३, रामेछापमा २, ललितपुरमा १८७, सिन्धुपाल्चोकमा १९ र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज १६६३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १२९, गोरखामा १४, तनहुँमा ३७, नवलपरासीपूर्वमा ९१, पर्वतमा ७, म्याग्दीमा २, लमजुङमा ५, बागलुङमा १४ र स्याङजामा १६ जना गरी प्रदेशमा आज ३१५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा १०, गुल्मीमा २०, दाङमा ११४, नवलपरासीमा १२, पाल्पामा १८, प्युठानमा ५, बर्दियामा २०, बाँकेमा २८, रुकुमुपुर्वमा १ रुपन्देहीमा ७० र रोल्पामा ४ जना गरी प्रदेशमा आज जम्मा ३१० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा १, डोल्पामा १, दैलेखमा ९, रुकुमुपश्चिममा ३, सल्यानमा ३ र सुर्खेतमा ५५ गरी प्रदेशमा आज ७२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा ४, कैलालीमा ७६, डडेल्धुरामा ७ डोटीमा ४, दार्चुलामा १, बझाङमा ३ बाजुरामा १ र बैतडीमा १ जना गरी प्रदेशमा आज ९९ जना थपिएसँगै देशैभरी १९०९ जना संक्रमति थपिएका हुन् । जसमा महिला ११३३ र पुरुष १७७६ जना रहेका छन् ।आज थपिएका २९०९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

आज एकैदिन ४५०० ले कोरोना जितेर घर फर्किए
। पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार पाँचसय जनाले कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ४५०० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ४५०० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८१ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार ९९३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४५७०, प्रदेश २ मा ९८६, बागमती प्रदेशमा १८,४८६, गण्डकी प्रदेशमा १७१०, लुम्बिनी प्रदेशमा २,२०९, कर्णाली प्रदेशमा ३१० र सुदूरपश्चिम प्रदेशमा ७२२ जना गरी २८ हजार ९९३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज १८ जनाले ज्यान गुमाए
नेपालमा आज पनि कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १८ जनाको मृत्यु भएको हो । आज थपिएका १८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०७० पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २० गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:२९ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...