back
CTIZAN AD

बैठकमा प्रचण्डको ब्रिफिङ्ग : प्रधानमन्त्रीले पार्टी फुटिसकेको छ, तपाइँ सकेको गर्नुस म सकेको गर्छु भने !

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

810 

shares

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन भईसकेको तर घोषणा हुन बाँकी रहेको कुरा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बताएका छन् । बिहिबारको छलफल क्रममा ओलीले यस्तो बताएको कुरा प्रचण्डले आज बसेको सचिवालय बैठकमा राखेका हुन् ।

‘पार्टी अलग–अलग भईसकेको छ तर घोषणा हुन बाँकी छ, तपाईँ सकेको गर्नुस् म सकेको गर्छु’, ओलीको भनाई उद्धत गर्दैै प्रचण्डले बैठकका भनेका छन् ।

ओलीले कुनै बैठक बोलाए त्यसको प्रतिवाद गर्ने बताएसँगै बैठक अनौपचारिक बनाइएको पनि बताइएको छ । प्रचण्डले सचिवालयका सदस्यलाई ओलीले बैठक बोलाएकै समय पार्टी फुटको घोषणा गर्नेसमेत चेतावनी दिएको बताएका थिए ।

शुक्रबारको बैठकले एक पटक सामुहिक छलफल गर्ने नभए विकल्पसहित अगाडि बढ्ने पनि निर्णय गरेको बताइएको छ । एक सञ्चारमाध्यमसँगको कुराकानीमा नेकपा वरिष्ठ नेता झलनाथ खनालले एक पटक आग्रह गर्ने नभए चुप लागेर नबस्ने बताएका छन् ।

गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयहरु कार्यान्वयनमा समस्या देखिएसँगै नेकपाभित्रको विवाद चरमतातिर पुगेको छ । विवाद चरमतातिर पुग्दै गर्दा पार्टी विभाजन हुने आशंकाहरु गरिएका छन् ।

सम्बन्धित समाचार

प्रचण्डले बोलाएको बैठकको निष्कर्ष : ओलीलाई सामुहिक भेटेर बैठक बोलाउन माग गर्ने

 

बहुमत सदस्यको उपस्थितिसहित प्रचण्डले सुरु गरे सचिवालय बैठक

 

प्रचण्डले बोलाएको बैठक बादल नजाने

 

प्रचण्डले बोलाए सचिवालय बैठक, के गर्लान् ओलीले ?

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १८:४४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...