back
CTIZAN AD

बहुमत सदस्यको उपस्थितिसहित प्रचण्डले सुरु गरे सचिवालय बैठक

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

732 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत सदस्यको उपस्थितिमा सचिवालय बैठक सुरु गरेका छन् । उनले ९ सदस्यीय सचिवालयका ५ जना सदस्यको उपस्थितिमा बैठक सुरु गरेका हुन् । बैठक केहि बेर अघिदेखि पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

बैठकमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव कुमार नेपाल र प्रवक्ता नारायण काजी श्रेष्ठ उपस्थित भएका छन्।

बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनी निकटका सचिवालय सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’को उपस्थिति छैन् । बैठकलाई यसअघि नै ओली पक्षले विधान तथा मर्यादा विपरित बोलाइएको टिप्पणी गरेको थियो ।

यसअघि बिहिबारको छलफलमा सचिवालय बैठक बोलाउन ओलीसँग प्रचण्डले आग्रह गरेका थिए । तर, बैठकबारे ओलीसँग सहमती जुट्न नसकेसँगै उनले बैठक बोलाएका हुन् ।

प्रचण्डले बोलाएको बैठकलाई रोचकतापूर्वक हेरिएको छ । कतिपयले पार्टी फुट्नसमेत सक्ने संकेतका रुपमा व्याख्या गरेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डले बोलाएको बैठक बादल नजाने

प्रचण्डले बोलाए सचिवालय बैठक, के गर्लान् ओलीले ?

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १५:३४ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...