२० कात्तिक, काठमाडौं । नेपालमा बिहिबार (२० कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ७ हजार १९० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३०६८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ५१४ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,९४० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ५७४ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा .. जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४५, प्रदेश २ मा ८, बागमती प्रदेशमा २११ ,गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ९ जना गरी जम्मा ४२८ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १३ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा १७ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदूरपश्चिममा ४ जना गरी जम्मा ७४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १३ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा १२३२ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ ।
त्यस्तै आज थपिएका ३०५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । साथै आज ३४३० जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
आज १८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२५ पुगेको छ ।
आज देशैभरी ३०५१ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १३९८ जनासहित देशैभरी ३०५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १०९१, ललितपुरमा १६० र भक्तपुरमा १४७ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा ११०, तेह्रथुममा ३, भोजपुरमा १, धनकुटामा ११, मोरङमा १२१, संखुवासभामा ३ र सुनसरीमा १०३ गरी प्रदेशमा ३८० जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १० र सिराहामा १२ जना गरी प्रदेशमा आज ७९ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १०९१, काभ्रेपलान्चोकमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १४७, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ५, ललितपुरमा १६०, सिन्धुपाल्चोकमा १० र सिन्धुलीमा ३ जना गरी प्रदेशमा आज १६३४ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा १२३, गोरखामा ११, तनहुँमा २३, नवलपरासीपूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा १, लमजुमा ३, बागलुङमा ७ र स्याङजामा २५ जना गरी प्रदेशमा आज २७९ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा १२, नवलपरासीमा ३७, पाल्पामा ३१८, प्युठानमा ३, बर्दियामा १९, बाँकेमा ३१, रुपन्देहीमा १४२ जना गरी प्रदेशमा आज जम्मा ५९७ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको सल्यानमा २ र सुर्खेतमा ३ गरी प्रदेशमा आज जम्मा ५ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा ३, बझाङमा २, बाजुरामा १ र बैतडीमा २ जना गरी प्रदेशमा आज ७७ जना थपिएसँगै देशैभरी ३०५१ जना संक्रमति थपिएका हुन् । जसमा महिला १२०९ र पुरुष १८४२ जना रहेका छन् ।
आज थपिएका ३०५१ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ ।
आज तीन हजार ३४३० जनाले कोरोना जितेर घर फर्किए
२० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ४३० जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३४३० जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३४३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७९.८ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४६९८, प्रदेश २ मा ९८४, बागमती प्रदेशमा १८६३२, गण्डकी प्रदेशमा १७१०, लुम्बिनी प्रदेशमा २५८३, कर्णाली प्रदेशमा २५५ र सुदूरपश्चिम प्रदेशमा ७१० जना गरी २९ हजार ५७४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ६९४० जनाको उपचार भइरहेको छ ।
आज १८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको १०५२ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो । आज थपिएका २० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०५२ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् कात्तिक १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:४२ मा प्रकाशित






























