back
CTIZAN AD

पूर्वपश्चिम हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

वि.सं.२०७७ कात्तिक २० बिहीवार

783 

shares

२० कात्तिक, लहान । पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।

पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

पूर्वमा राजविराजदेखि पश्चिममा बलानसम्मको सप्तरी खण्डमा करिब १२ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उनको भनाइ छ ।

उनका अनुसार करिब २५ किलो मिटरको सो सडकखण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिभिएम सात मिटर र दुबै छेउको सोलजर दुईरदुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्षय लिएको भएपनि सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ छ ।

यस्तै पूर्वमा बलानदेखि पश्चिममा सिरहा बजारसम्मको २९ किलोमिटर सडकमा समेत निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी काम तीव्र गतिमा अगाडि बढाएको बताएको छ ।

दुई लेनको उक्त सडक कालोपत्र गर्न रु। एक अर्व २० करोड २० लाखमा सम्झौता भएको ठेक्केदार कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिए । तीन वर्षभित्र काम सकिने गरि सम्झौता भएको र हालसम्म करिब ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको उनको भनाइ छ ।

तराई मधेशकै विकासको मेरुदण्डको रुपमा लिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यस भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै हजारौं युवाको रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको दाबी छ ।

हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्होर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।रासस

वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:५२ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...