back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् कात्तिक १९ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक १९ बुधवार

621 

shares

१९ कात्तिक, काठमाडौं । नेपालमा बुधबार (१९ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १४ लाख ९४ हजार १२२ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,१४४ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३६ हजार ९११ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,७८० जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ३० हजार १३३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३७९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४८, प्रदेश २ मा ८, बागमती प्रदेशमा १७९, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३७९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १३ जना, बागमती प्रदेशमा ५० जना, गण्डकी प्रदेशमा ८ जना, लुम्बिनी प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ र रुपन्देही गरी १३ वटा रहेका छन् । संक्रमित शून्य रहेका जिल्ला मनाङ र बाजुरा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा १,३०५ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मुस्ताङ रहेको छ । त्यस्तै आज थपिएका ३३०९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ । साथै आज ३८४४ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।
आज ३० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १८७८ सहित देशैभरी ३३०९ जनामा कोरोना संक्रमण
१९ कात्तिक, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका १८७८ जनासहित देशैभरी ३३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १५७०, ललितपुरमा १८९ र भक्तपुरमा ११९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा १, उदयपुरमा १३, खोटाङमा १, झापामा ६८, तेह्रथुममा ताप्लेजुङमा १, भोजपुरमा १, मोरङमा १७२, संखुवासभामा १ र सुनसरीमा १३० गरी प्रदेशमा आज ४०८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा २२, पर्सामा २, बारामा १३, महोत्तरीमा ९, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा ४ र सिराहामा ८ जना गरी प्रदेशमा आज ८० जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा १५७०, काभ्रेपलान्चोकमा ६६, चितवनमा ८८, दोलखामा १६, धादिङमा १५ , नुवाकोटमा ६२, भक्तपुरमा ११९, मकवानपुरमा ४९, रसुवामा १, रामेछापमा ९, ललितपुरमा १८९, सिन्धुपाल्चोकमा १४ र सिन्धुलीमा १३ जना गरी प्रदेशमा आज २२११ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १९८, गोरखामा १५, तनहुँमा २४, नवलपरासीपूर्वमा १८, पर्वतमा ३, म्याग्दीमा १५, लमजुङमा ७, बागलुङमा २ र स्याङजामा २३ जना गरी प्रदेशमा आज ३०५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ८, नवलपरासीमा १०, पाल्पामा १२, प्युठानमा ९, बर्दियामा १९, बाँकेमा ४६ र रुपन्देहीमा ११० जना गरी प्रदेशमा आज जम्मा २४९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जुम्लामा ४, दैलेखमा ६, रुकुम पश्चिममा ६ जना र सुर्खेतमा २ गरी प्रदेशमा आज २० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा २, कन्चनपुरमा १, कैलालीमा १८, डडेल्धुरामा ३, दार्चुलामा १, बझाङमा ६ र बैतडीमा ५ गरी प्रदेशमा आज ३६ जना थपिएसँगै देशैभरी ३३०९ जना संक्रमति थपिएका हुन् । जसमा महिला १३०४ र पुरुष २००५ जना रहेका छन् ।

आज थपिएका ३८४४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

आज पनि ३८४४ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी ३८४४ जना कोरोना संक्रमित निको भएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३८४४ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३८४४ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख .. हजार ..पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ७९.३ प्रतिशत हो ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
जसमा प्रदेश १ मा १५,१५२, प्रदेश २ मा १७,३५१, बागमती प्रदेशमा ७३,४९५, गण्डकी प्रदेशमा ७१२८, लुम्बिनी प्रदेशमा १७,१०३, कर्णाली प्रदेशमा ५,४०४ र सुदूरपश्चिम प्रदेशमा ९३४५ जना गरी हालसम्म देशैभरीबाट १ लाख ४४ हजार ८७८ जना निको भएका छन् । संक्रमणबाट मुक्त हुने दर ७९.२ प्रतिशत रहको पनि मन्त्रालयले जानकारी दिएको छ ।

क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा १४३, प्रदेश २ मा ६०, बागमती प्रदेशमा २४९ गण्डकी प्रदेशमा ४३६, लुम्बिनी प्रदेशमा १३५, कर्णाली प्रदेशमा ८७ र सुदूरपश्चिम प्रदेशमा २७२ जना गरी १३०५ जना क्वारेन्टिनमा रहेका छन् ।

संस्थागत आइसोलेसनमा
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ६,७८० जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ११२, प्रदेश २ मा ३८, बागमती प्रदेशमा ५१८५, गण्डकी प्रदेशमा ८९५, लुम्बिनी प्रदेशमा ४४९, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा ५७ जना गरी ६,७८० जना रहेका छन् ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ३० हजार १३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ५३०९, प्रदेश २ मा १०११, बागमती प्रदेशमा १८,०४३, गण्डकी प्रदेशमा १,७१०, लुम्बिनी प्रदेशमा २७३८, कर्णाली प्रदेशमा २७० र सुदूरपश्चिम प्रदेशमा ६९०जना गरी ३० हजार १३३ जना रहेका छन् ।

कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु, मृतकको संख्या १०३४ पुग्यो
१८ कात्तिक, काठमाडौं । कोरोना संक्रमणबाट आज एकैदिन ३० जनाको मृत्यु भएको छ ।  आज मृत्यु भएको यो संख्या दैनिक मृत्यु हुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ३० जनाको मृत्यु भएको हो । आज थपिएका ३० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

 

यस्तो छ नेपालमा कात्तिक १८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ कात्तिक १९ बुधवार १८:०३ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...