back
CTIZAN AD

सुवास घतानेलाई नगदसहित सम्मान गरिने

वि.सं.२०७७ कात्तिक १९ बुधवार

819 

shares

१९ कात्तिक, काठमाडौं । कोरोना भाइरस (कोभिड– १९) कारण गरिएको लकडाउन र निशेधाज्ञाको अवधिमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगितामा पदक जित्न सफल सुवास घतानेलाई नगदसहित सम्मान गरिने भएको छ ।

नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) ले सुवासलाई प्रोत्साहन स्वरुप नगदसहित सम्मान गर्ने संघका उपाध्यक्ष समेत रहेका प्रमुख प्रशिक्षक निवासगोपाल वैद्यले जानकारी गराए । ‘तिहार अघि नै हामीले सुवासलाई नगदसहित सम्मान गर्ने तयारी गरेका छौं ।’ सुवासलाई बधाइ दिदै वैद्यले भने ।

लकडाउन र निशेधाज्ञाका दौरान सुवासले ३ अन्तर्राष्ट्रिय र १ राष्ट्रिय गरी ४ प्रतियोगितामा सहभागिता जनाएका थिए । चार प्रतियोगितामा उनले ३ स्वर्ण र १ रजत जिते । चारैमा उनले एकल कातामा आफ्नो कौशल प्रदर्शन गरेका थिए ।

हालै सम्पन्न सातौं निशिमुरा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता (फिलिपिन्स) मा उनले स्वर्ण जितेका थिए । त्यसअघि विश्व कराते च्याम्पियनसिप (माल्टा) मा रजत जितेका सुवासले अल नेपाल ओपन कराते प्रतियोगितामा स्वर्ण जिते । अन्तर्राष्ट्रिय अनलाइन इ काता कराते प्रतियोगिता (भारत) मा सुवासले नेपाललाई स्वर्ण दिलाएका थिए ।

विभागीय टोली एपीएफका सुवास सातौं राष्ट्रिय खेलकुदका स्वर्ण तथा आठौं राष्ट्रिय खेलकुदका रजत पदक विजेता हुन् ।

वि.सं.२०७७ कात्तिक १९ बुधवार १७:२३ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...