२४ कार्तिक, काठमाडौँ । सनराइजर्स हैदरावादलाई १७ रनले पराजित गदैँ दिल्ली क्यापिट्ल्सले पहिलो पटक आईपिएलको फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १८९ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले ५० बलमा ७२ रन र शिमरोन हेटमायर २२ बलमा ४२ रनको विस्फोटक पारी खेलेका थिए । हैदरावादका लागि बलिङ्गमा सन्दिप शर्मा, रासिद खान र जेसन होल्डरले १/१ विकेट लिएका थिए ।
दिल्लीले दिएको १९० रनको विशाल लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि केन विलियमसनले ६७ रनको पारी खेलेता पनि टिमलाई जित भने दिलाउन सकेन्न् । त्यसैगरी दिल्लीका लागि कागीसो रबाडाले उत्कृष्ट बलिङ्ग गदैँ ४ विकेट लिएका थिए ।
जितसँगै दिल्ली २०२० को आईपिएलको फाइनलमा प्रवेश गरेको छ भने हैदरावाद आईपिएलबाट बाहिरिएको छ ।
आईपिएलमा पहिलो पटक फाइनलमा पुगेको दिल्लीले फाइनलमा आईपिएलको ४ पकट उपाधि विजेता मुम्बई इन्डियन्सको सामना गर्ने छ ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार ०९:२५ मा प्रकाशित


























