back
CTIZAN AD

एकातिर घृणा र आक्रोश, अर्कोतिर अनिवार्य अभिभारा 

वि.सं.२०७७ कात्तिक २४ सोमवार

813 

shares

पार्टी भित्र वा हरेक ठाउँमा बिधि, नीति र पद्धति तथा गणतान्त्रिक पारदर्शिताका लागि अर्को ठूलो आन्दोलनको जरुरी देखिएको छ । गणतन्त्र व्यक्तिवाद, हठवाद, परीवारवाद र गुटवाद हुँदै होइन, विभिन्न बहानामा हुन लागेको गणतन्त्रको प्रतिगमन सह्य छैन ।

‘हाम्लाई यो चौरास र गोता छ, केहि मान्छेलाई स्वर्ग छ रे बाबु, यिनीहरुलाई भ्रष्टाचारको आरोपमा जेलसम्म गएको देख्न पाए हामीले घाउ बिर्सने थियौं की !’

बसपार्क वरीपरी मकै पोलेर गुजारा चलाउँदै गरेकी बेपत्ता योद्धा परीवारकी एक आमैको तिखो वाणले मलाई ३ बर्ष अगाडी निकै घायल बनाएको थियो ।  प्रक्रियामा पार्टी चल्न नपाएका कारण तत्कालीन बैठकहरुमा उनको कुरो सुनुवाइ हुने स्थिति नरहने नै भयो । सहन नसकेर मैले सञ्जालमा लेखेको थिएँ ।

लकडाउनको बिचमा महान जनयुद्धका एक शहिद परीवारले एक नेताको नामै लिएर  भने  ‘हाम्रो नाउमा लुटधन्दा चलाउने, ७ पुस्तालाई पु¥याएर राख्ने, खर्चिलो चुनाव प्रणालीलाई कायम राखेर संधै आफू र आफना आसेपासेलाई जसरी पनि निर्वाचित हुने प्रपन्च नाङ्गो रुपमा गरेकै छन् । महान जनयुद्धलाई भजाएर अपराध गर्नेलाई त मरेपछि लाशमा गएर १४ लात्ती हान्दा पनि मन शान्त हुँदैन होला ।’ त्यसो त जनयुद्धका जिउँदा शहिद कमरेड गंगा लामाले यस्ता बिषयमा खुलेर धेरै कुरा बोलिसकेका छन् ।

हिजोमात्र जनयुद्धकी लडाकु तथा शहिद पत्नी मीना न्यौपानेले क्रान्तिको बाँकी कार्यभार पुरा गर्न प्रचण्डलाई अपिल भन्दै एउटा लेख सार्वजनिक गरेकी छन् । उनले त्यहां भनेकी छन् ‘जब म केही कुरा बुझ्ने भएँ, म असाध्यै दुखी भएँ । दुखी यसकारण भए कि, एउटै देशको दुईखाले शिक्षा नीति, स्वास्थ र रोजगारबाट  बिमुख श्रमजीवी बर्ग चिने । दिनभरि काम गर्नेहरूले पटुकीले भोको पेट कसेको हेरेँ । सय ऋण सापटी दिएर दस हजारको तम्सुक लेख्ने र गैह्री खेत कब्जा गर्ने, लैनो भैंसी फुकाउनेहरु पनि देखेँ । वैदेशिक रोजगारमा गएका छोराछोरी गुमाएका असहाय बृद्धबृद्धा पनि देखेँ, अनि टुहुरा लालाबाला नि देखेँ, त्यसपछि म बेस्सरी दुखी भएँ । म भन्दा केही ठूला उमेरका दिदीहरुको पढ्ने बेलामा बालविवाह भएको मैले आफैले देखेँ, हजुरआमा आमाहरुले खुट्टा धोएर पानी खाएको देखेँ । आमा र बाका छुट्टाछुट्टै भान्सा पाकेको देखँे । श्रीमानले श्रीमतीलार्ई गोरु चुटाइ गरेको देखेँ । एउटी नारी सिङ्गो जीवन कहिले माईती, कहिले घर, कहिले श्रीमान र कहिले छोराछोरीको लागि मात्रै बाचेको कुरा बुझेँ । उनी आफ्नो लागि ज्युदै मरेको थाहा पाएँ, म सारै दुखी थिएँ । यसैगरी श्रम र सीपका धनी दमाई दाई सार्की दाइ, दमिनी आमाहरुसित अछुतो बारेको देखेँ । मान्छेले मान्छेलार्ई अपमान गरेको महसुस गरेँ, म झनै दुखी भएँ । मेहनतीहरु झनपछी झन गरिबीले चपेटिएको देखेँ, ठगहरु मौलाउदै गएको देखेँ । भाग्यमानीको परिभाषामा पिडकहरु बहुलाएको देखँे । धुर्तहरुलार्ई चैन साधुहरुलार्ई ऐन भन्ने पनि थाहा पाएँ । कति हो कति अमानवीय व्यवहारका श्रृंखङ्खलाहरु देखेँ । म सुखी हुन धेरै प्रयत्न गरे, यद्यपि जनयुद्धको विकल्प मेरो दिमागमा आएन र मुक्तिको सपनामा तपाइसँगै होमीए पनि ।’ उनले जनयुद्धको बिकास र गणतन्त्रको पृष्ठभुमिलाई स्मरण गर्दै अगाडि भनेकी छन् ‘तिहारका पटका बोकेर प्रहरी चौकीमा आक्रमण गर्ने हिम्मतीला जनसेना थुप्रै आधुनिक हातहतियारले सुसज्जित बनीसकेका थिए । केन्द्रिय एकात्मक सत्ता र  सरकारको विरुद्धमा जनसत्ता र जन सरकार सुदृढीकरण हँुदै थियो । गाउँ देखि सहर घेर्ने पार्टीको रणनीति सफलीभूत हुँदै गर्दा, ढाडमा टेकेर टाउकोमा हान्दै गरेको बेला मैले प्रचण्डपथबाट प्रचण्डवाद तिर छलाङ्ग मार्ने प्रचण्ड अख्तियारीको व्यग्र प्रतीक्षा गरिरहेकी थिएँ ।’

भाव ब्यक्त गर्ने क्रममा उनले प्रचण्डलाई सुप्रिमो भन्दै थप अनुरोध गरकी छन् ‘सडक, महल, सरकार, सत्ता, पद, प्रतिष्ठा, पैसा, भौतिक बिलासिता विना पनि  हाम्रो जीवन सम्भव छ भनेर तपाइले हामीलाई सिकाएको हुँदा क्रान्तिले नयाँ रुपमा निरन्तरता पाउनेछ भन्ने कुरामा आशा अझै मरेको छैन । सरकारले गरेको गल्ती कमजोरीको साक्षी मात्रै बस्ने कि नेपालीको मनमनमा बस्ने रोजाइ तपाईंको हो । क्रान्तिका नायक तपाईंलार्ई सोलुट हान्न पाईरहुँ । प्रचण्डबाद भोग्न खोजैकी मैले प्रचण्डको बर्बादी हेर्न नपरोस् भन्ने शुभेच्छा सहित, पुनः परिवर्तनको नेतृत्व गर्नुस् शुभकामना ’ ।

निश्चय पनि आम जनता, शहिद परीवार, बेपत्ता योद्धाका परीवार, जनक्रान्तिका योद्धाहरुको सपना हिजोका प्रतिबद्धतासँगै जोडिएका छन् र यो स्वभाविक पनि छ । क्रान्ति भनेअनुसार नबढन सक्छ र परीणाम ब्यबस्थापन पनि चित्त बुझ्दो नपाइनसक्छ, यो पनि सहन गर्न पर्दछ नै ।  तर यहाँ त चुनावी घोषणालाई पनि ख्याल गर्न छाडिएको छ  । व्यक्तिवाद र परीवारवादले आन्दोलन शिथील बनाएको छ । निष्ठा, त्याग र बलिदानीको पृष्ठभूमि दलाल पुँजिबादले ढकाइएको छ । हेर्दा यस्तो देखिन्छ की आन्दोलनमाथी बढेको अपराध बिस्तारै वा अज्ञानतावश होइन की योजनामै आएको देखिन्छ । गणतन्त्रलाई नयाँ रुपको जहानीयातन्त्रमा लग्न खोजेको आभाष भएकाले निराशाहरु छताछुल्ल हुन थालेका छन् ।

गणतन्त्रले १२ बर्ष बिताएको छ । यतिबेलासम्म  सम्माननीय विद्या भण्डारी २ कार्यकाल राष्ट्रपति हुनुभएको मात्र होइन की उच्च मनोवलका साथ राजनीतिक दलभित्रको आन्तरिक सन्तुलन मिलाउन निर्देशन दिने हैसियतमा पनि हुनुहुन्छ । नेकपा अध्यक्ष कमरेड केपी ओली पनि गठबन्धन र बहुमत गरी २ पटक प्रधानमन्त्री भएर आफनो पहुच प्रर्दशन गरिसक्नुभएको छ र गर्दै हुनुहुन्छ पनि । कामरेड प्रचण्डले संसारलाई थर्काउँदै र हल्लाउँदै जनयुद्ध मार्फत गणतन्त्र ल्याएर  २ पटक प्रधानमन्त्री भै सक्नुभएको छ । माधव नेपाल र झलनाथ खनाल मात्र होइन, डा. बाबुराम पनि यो देशको प्रधानमन्त्री भै सक्नुभएको छ  । त्यति मात्र होइन, राजाले गलहत्तीमा पारेका गिरीजा प्रसाद कोइराला र शेरबहादुर देउवा एवम् शुसिल कोइराला समेतले गणतान्त्रिक प्रधानमन्त्रीको शक्ति प्रयोग गरीसक्नुभएको छ । उहाँंहरु मध्ये एकाध बाहेक अधिकांशले  देश, जनता र माटो भन्दा आफूलाई मात्र केन्द्रमा राखेर सोच्दै आएको प्रष्ट भएको छ ।

कनि कुथी पचास, सय पुग्ने तत्कालीन सात दलको आन्दोलन र बयलगाडा चढेर अमेरीका नपुगीने जब्बर मानसिकतालाई जबरजस्त तान्दै नेपालमा गणतन्त्र  त आएछ तर गणतान्त्रिक सभ्यता आएनछ । बोल्यो की पिरयो, रचनात्मक सुझाव दियो की, कर्के नजर र पाडे पजनीसम्म ब्यहोनुपर्यो । तैपनि आज कामरेड पे्रम नगरकोटी र यादव भुसाल लगायत जनयुद्ध र जनआन्दोलनका शहिदलाई सम्झेर केहि भन्नै मन लाग्यो की पार्टी भित्र वा हरेक ठाउँमा बिधि, नीति र पद्धति तथा गणतान्त्रिक पारदर्शिताका लागि अर्को ठूलो आन्दोलनको जरुरी देखिएको छ । गणतन्त्र व्यक्तिवाद, हठवाद, परीवारवाद र गुटवाद हुँदै होइन, विभिन्न बहानामा हुन लागेको गणतन्त्रको प्रतिगमन सह्य छैन । विधिमा अन्तरसंघर्ष गरेर रुपान्तरण गर्ने सम्भावना पनि टर्दै जान थालेकोले जनपक्षीय गणतन्त्रको अनिवार्य अभिभाराका लागि आइरहेका तेस्रो जनआन्दोलनको तयारीका कुरा यहाँ स्मरणीय छन् ।  निराशामा कैद हुनुभन्दा अग्रगमनकारीहरुको एकता बलियो बनाउँदै साँच्चिकै सोच्नुपर्ने पो हो की, समयले सोधिरहेको छ र शहिदको बलिदानीले उत्प्रेरित गरिरहेको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार ०९:४५ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...