back
CTIZAN AD

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

वि.सं.२०७७ कात्तिक २४ सोमवार

723 

shares

२४ कात्तिक, चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।

चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए । (रासस)

वि.सं.२०७७ कात्तिक २४ सोमवार १०:१७ मा प्रकाशित

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...