back
CTIZAN AD

बाबर आजम र हेदर अलिको विस्फोटक ब्याटिङ्गमा पाकिस्तान दोस्रो टि-२० मा ८ विकेटले विजयी

वि.सं.२०७७ कात्तिक २४ सोमवार

720 

shares

२४ कार्तिक, काठमाडौँ । बाबर आजम र हेदर अलिको विस्फोटक ब्याटिङ्गमा पाकिस्तानले जिम्बावेलाई दोस्रो टि-२० मा ८ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो । जिम्बावेका लागि रायन बर्लले सर्वाधिक ३४ रन बनाएका थिए भने पाकिस्तानका लागि बलिङ्गमा ह्यारिस रउफ र उसमान क्वादिर सर्वाधिक ३/३ विकेट लिएका थिए ।

जिम्बावेले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले १५.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानका लागि कप्तान बाबर आजमले २८ बलमा ५१ रन र हेदर अलिले ४३ बलमा ६६ रनको विस्फोटक पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए ।

जितसँगै पाकिस्तानले ३ खेलको टि-२० श्रृखला २-० ले अग्रता लिएका छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १०:२७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...